Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

रोल्पा कारागारमा आत्महत्या प्रकरण : ‘विजयविक्रम शाहको कैद भुक्तानी गर्न लगाएर भाइको हत्या गरियो’

२०७९, १३ जेष्ठ शुक्रबार ०३:१२

जेठ १३, नेपालगञ्ज | नेपालगञ्ज उपमहानगरपालिका २ घरवारीटोलका २० वर्षीय सुन्दर हरिजनको रोल्पा कारागारमा शंकास्पद मृत्युको घटनालाई निष्पक्ष छानबिन गरी न्याय दिलाउन पीडितका दाजुले माग गरेका छन् ।

मोबाइल चोरीको आरोपमा १० हजार धरौटी जम्मा गर्न नसकेको कारण थुनामा रहेका हरिजनको रोल्पा कारागारमा गत जेठ ५ गते भुण्डिएर आत्महत्या गरेको भन्दै कारागार प्रशासनले विजय बिक्रम शाहको मृत्यु भएको भन्दै शव बुझ्न फोन गरी बोलाएको मृतकका दाजु राजकुमार हरिजनले बताए ।

उनले भने–‘ सामान्य धरौटी बुझाउन नसक्दा कारागार चलान भएको भाइको मृत्यु भयो शव लैजान मलाई मात्र मोटरसाइकलमा लगियो । रोल्पा कारागार पुगेर हेर्दा भाइको शव देख । तर, शवको  मुचुल्का कागजमा भने मृतकको नाम विजय विक्रम शाहको उल्लेख थियो । मैले मेरो भाइको नाम सुन्दर हरिजन हो भनेपछि खैलाबैला मच्चिएको थियो ।’ 

कारागारबाट मृतक सुन्दर हरिजनको सरसामान भनेर पठाइएको सामानले पनि आश्चर्यचकित बनाएको उनले बताए । उनले भने,  भाइको सामान भनेर पठाइएको छ । यी सामान भाइका हुँदै होइनन् । हाम्रो यस्तो सामान पठाउने हैसियत नै छैन ।’ उनले भाइलाई कारागार प्रशासनले नै जबरजस्ती विजयविक्रम शाहको अपराधको कैद भुक्तान गर्न रोल्पा पठाएर हत्या गरेको ठोकुवा गरे ।

उनले गत ७ जेठ आइतबार रोल्पा कारागारलेई शव बुझाउदा भाइको शरीर भरी कुटपिट भएको निल डाम रहेकोले घटना आत्महत्या नभई कर्तव्य ज्यान मुद्दा भएकोले निष्पक्ष रुपमा छानवीन गरी दोषीमाथी कडा कारवाही गर्न माग गरे । उनले न्याय नपाउदासम्म शवको अन्तिम संस्कार नगर्ने अडान लिएका छन् । मृतक हरिजनको शव नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालको शव गृहमा राखिएको छ । 

रोल्पा कारागारमा मृत्यु भएका २० वर्षीय सुन्दर हरिजनलाई २ पटक चोरीको मुद्दामा जिल्ला अदालत बाँकेले २०७५र६र२३ र २०७६र१०र२१ गते गरेको फैसला बमोजिम नेपालगञ्ज कारागारमा कैद भुक्तान गरिरहेका थिए । कैद भुक्तानकै क्रममा बाँके कारागार प्रशासनले स्थान अभावको कारण नेपालगञ्जबाट २०७७र ०८र ०८ गते कारागार स्थान्तरण गरी रोल्पा कारागारमा लगिएका हरिजनको हत्या वा आत्महत्या भन्ने विषयमा सरकारले कारागार विभागका निर्देशकको नेतृत्वमा एक उच्च स्तरिय समिति गठन गरेको छ ।

घटनामा सुर्खेत वराहताल गाउँपालिका–१ घोडाआँखेका २७ वर्षीय विजयवक्रिम शाह शौचालयमा आफ्नै गलबन्दीको पासो लगाई झुण्डीएर आत्महत्या गरेको भन्दै रोल्पा कारागार प्रशासनले भुण्डिएर आत्महत्या गरेका ब्यक्तिको आफन्तलाई शव बुझाउन खोज्दा शाह परिवारले आफ्नो मान्छे नभएको बताएपछि घटना थप रहस्यमय बनेको थियो । 

कारागारको विवरण उल्लेख भएको व्यक्ति र कैद भुक्तान गर्ने क्रममा रहस्यमय मृत्यु भएका व्यक्ति अर्कै अर्थात् फरक–फरक भएको मृत्यु घटनाले बाहिर आएपछि नेपालका कारागारहरूको अवस्था झल्काएको छ । 

मृतक सुन्दरले विजय विक्रम शाहको कैद भुक्तानको लागि रोल्पा पठाईएको आशंका गर्दै गर्दा हरिजनमाथि मोवाईल चोरीको आरोप थियो भने शाहमाथि हातहतियार र खरखजनाको मुद्दामा थुनामा रहेका थिए । रोल्पा कारागारको घटनाको छानविन गर्न नेपाल सरकारले एक छानविन समिति बनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा