2026-09-12 02:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

साढे दुई करोड बिमा रकम ठगी गर्न श्रीमानको हत्या, ६ जना पक्राउ

साउन १३, काठमाडौं | सावधिक जीवन बिमा र म्यादी जीवन बिमा बापतको साढे दुई करोड रुपैयाँ ठगी सम्बन्धी कसूरमा संलग्न रहेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका–२ बस्ने २१ वर्षीया सपना मल्ल, स्याङ्जा वालिङ नगरपालिका–६ स्थायी ठेगाना भई हाल बाँके कोहलपुर नगरपालिका–११ बस्ने ३१ वर्षीय सञ्जिव अर्याल, कोहलपुर नगरपालिका–१५ बस्ने ३२ वर्षीय सरदार अहमद खाँ, बाँके बैजनाथ गाउँपालिका–८ का ३३ वर्षीय टोप बहादुर राना क्षेत्री, कोहलपुर नगरपालिका–११ का ३८ वर्षीय दिपक केसी र कोहलपुर नगरपालिका–१ का २१ वर्षीया ललिता सापकोटा रहेका छन् । 

सवारी दुर्घटनामा मृत्यु भएका बाँके कोहलपुर नगरपालिका–११ बस्ने २१ वर्षीय सर्जन बिकको नाममा गरिएको बिमा रकम ठगीको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । 

बैजनाथ गाउँपालिका–६ लालपुरस्थित भित्री सडकमा टोप बहादुरले चलाएको भे.१ ख २४९१ नम्बरको मिनी बसको ठक्करबाट सर्जन गम्भीर घाइते भएका थिए । सर्जन चढेको भे.१० प १७२७ नम्बरको मोटरसाइकललाई मिनी बसले ठक्कर दिएको थियो । सर्जनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा गत वैशाख २ गते मृत्यु भएको थियो । 

घटनाको अनुसन्धान हुँदा मृतकको बीमा बापतको रकम रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीबाट मृतककी श्रीमती सपना मल्लले बुझि कामना सेवा बिकास बैंक कोहलपुरमा रहेको आफ्नो बैंक खातामा जम्मा गरेको पाइएको थियो । उक्त रकम बाडफाड समेत गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । 

सर्जन विकको सवारी दुर्घटनामा भएको मृत्यु शंकास्पद देखिएकोले सत्यतथ्य अनुसन्धान गरिपाउँ भन्ने नेपाल पुर्नबिमा कम्पनीबाट पत्राचार भएपछि सुक्ष्म अनुसन्धानको क्रममा विभिन्न भूमिका सहित उनीहरू ठगीमा संलग्न भएको खुल्न आएको थियो । 

केन्द्रीय अनुसन्धान व्यूरो महाराजगन्जबाट खटिएको प्रहरीले सपनालाई दिल्ली हुँदै जापान जाने क्रममा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट सोमबार तथा सन्जीव, सरदार अहमद, टोप बहादुर, दिपक र ललितालाई बाँके कोहलपुरबाट बुधबार पक्राउ गरेको हो । 

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस