2026-07-11 06:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

थुनुवालाई कोठामा लगि बलात्कार प्रयास गर्ने असई बिरुद्ध मुद्धा

साउन १६, नेपालगञ्ज | कोहलपुर इलाका प्रहरी कार्यालयमा थुनुवा युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका प्रहरी सहायक निरीक्षक (असई) बिरुद्ध मुद्धा दर्ता गरी अनुसन्धान सुरु गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार पक्राउ परेका असई प्रवीण चौलागाईंलाई निलम्बन गरेर अनुसन्धान प्रक्रिया अघि बढाईएको हो । निलिम्बिt असई चौलागाईंविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता गरिएको छ।

गत ११ साउनमा बहुविवाहको आरोपमा थुनामा रहेकी एक महिलालाई हिरासत व्यवस्थापन अधिकृतसमेत रहेका कोहलपुर इलाका प्रहरीका असई चौलागाईंले आफनो कोठामा लगेर यौन दुर्व्यवहार गरेको प्रहरी अनुसन्धानमा खुलेको थियो ।

कोहलपुर प्रहरी कार्यालयको मुद्दा फाँटमा कार्यरत असई चौलागाईंले बहुविवाह मुद्दामा हिरासतमा रहेकी ती महिलालाई राति २ बजे आफनो कोठामा बोलाएर बलात्कार प्रयास गरेको आरोप छ । बाँके प्रहरीले असई चौलागाईंले हिरासतमा राखेर मुद्दा प्रक्रिया अघि बढाएको छ। 

राति २ बजे हिरासतबाट बाहिर बोलाएर कोठामा लगी दुर्व्यवहार गरेको भन्दै ती थुनुवा युवतीले उजुरी दिएको आधारमा चौलागाईँलाई निलम्बन गरी अनुसन्धान सुरु गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जना पक्राउ बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको उपचारका क्रममा मृत्यु कर्णालीमा बेपत्ता गाडीका चालकको शव फेला न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन मृत्यु भयो भने पनि म आफ्नै भूमिमा मर्न चाहन्छु: शेख हसिना काठमाडौँको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ