वैशाख १४, बुटवल | स्थानीय तह निर्वाचनमा बुटवल उपमहानगरपालिकाका लागि एमालेबाट बाबुराम भट्टराईले मेयरमा उम्मेदवार दिएका छन् । यहाँ एमालेले राष्ट्रिय जनमुक्तिलाई ११ वटा वडा सदस्य दिएर तालमेल गरेको छ । उनै मेयरका आकांक्षी भट्टराईसँग न्युज कारखानाका लुम्बिनी प्रदेश संयोजक लक्ष्मण पौडेलले निर्वाचन केन्द्रित भएर गरेकाे कुराकानी :

चुनावी अभियान कस्ताे भइरहेकाे छ ?

हामीले मंगलबारदेखि औपचारिक रुपमा चुनावी अभियान सुरु गरेका छौँ । कार्यकर्ताहरूमा जुन खालको उत्साह, उमंग र सक्रियता छ त्यसले निकै उत्साहित बनाएकाे छ । समय कम भएकाले सबै मतदाताको घरमै जान नसकिने भयो । वडाका उम्मेदवारहरू सबैकाे घरदैलोमा पुग्नु हुनेछ । हामी (मेयर र उपमेयर) चाहीँ बुटवलमा रहेका २९९ वटा टोलमा पुग्ने योजना छ ।

तपाईले जित्ने आधार के हाे ?

चुनाव मैले भन्दा पनि एमालेले जित्ने हो । एमालेले गरेकाे कामले मैले जित्ने हाे । एमाले पार्टीको प्रतिनिधिको रुपमा म उपमहानगरपालिकामा जाँदै छु । यस्तै यहाँ हाम्रो बलियो संगठन पनि छ । अर्कोतर्फ बुटवलका मतदाता निकै सचेत छन् । उनीहरूले योग्यता, क्षमता र दक्षताका आधारमा पक्कै पनि व्यक्तिको मूल्यांकन गर्नेछन् ।

बुटवलको विकासका लागि तपाईका योजना के के छन् ?

संविधानले संघ, प्रदेश र स्थानीय तहलाई छुट्टाछुट्टै अधिकार दिएको छ । स्थानीय तहलाई दिएको शिक्षा, आधारभूत स्वास्थ्य, पर्यटन, कृषिलगायत गतिविधिका कुरालाई हामीले प्राथमिकता दिने छौँ । भौतिक पूर्वाधारदेखि लिएर बुटवलमा धेरै काम अगाडि बढेका छन् । ती अपुरा कामलाई हामीले सम्पन्न गर्नुपर्ने छ ।

अर्को महत्वपूर्ण कुरा भनेको बुटवलको सुकुम्बासी समस्या पनि समाधान गर्नुपर्ने छ । उनीहरूले लालपुर्जा पाउने सुनिश्चित भैसकेको अवस्थामा सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेकाले लालपुर्जा पाउन सकेनन् । बुटवल उपमहानगरपालिकाले सुकुम्बासीको पहिचान गरेर निस्सा दिने काम गरेको छ । त्यो निस्साको आधारमा हामीले उनीहरूलाई लालपुर्जा दिने छौं ।

ज्योतिनगरको चुरेको पहिरोको व्यवस्थान गर्ने योजना बनाएकाे छु । यसका लागि ठूलो बजेट खर्चिनु पर्ने भएकोले केन्द्रीय सरकारसँग समन्वय गर्ने छौँ । शिक्षाको नीतिगत सुधारका कामलाई निरन्तरता दिँदै सामुदायिक विद्यालय सुधार अभियानलाई प्राथमिकता राख्ने छौं ।

यसैगरी, सडक बालबालिका र सडक मानव बुटवलमा हुने छैनन् । खानेपानीको समस्या समाधान गर्नेछौँ । स्वास्थ्यको क्षेत्रमा पनि हरेक वडामा अधारभूत स्वास्थ्य सेवा पुगेको छ । हामी त्यसलाई सुधार गर्नेछौं । ठाउँठाउँमा स्वास्थ्य सेवा पुर्याउने हाम्रो योजना छ ।

बुटवलको मुख्य सडक वर्षाैदेखि धुलाम्मे छ, संघीय सरकारको क्षेत्राधिकारमा पर्ने यो सडक निर्माणमा तपाईको योजना छ कि छैन ?

यो सडक संघीय सरकारको क्षेत्राधिकारमा पर्ने भएकाले उसैले बनाउनु पर्थ्याे । तर, लामो समयदेखि अलपत्र छोड्दा प्रदुषणका कारण नागरिकको स्वास्थ्य बिग्रिएको छ भने यात्रुले सास्ती भोगिरहेका छन् । ठेकेदारको म्याद आगामी असार मसान्तसम्म छ भन्ने सुनेको छु । संघीय सरकारसँग कुरा गरेर सडक निर्माणका लागि अघि बढ्ने मेरो प्रयत्न हुनेछ । संघ सरकारले बनाएन भने बुटवल उपमहानगरकै बजेटबाट भए पनि सडक बनाउने दिशातर्फ मेरो भूमिका हुनेछ ।

सत्ता गठबन्धन एमालेका लागि कत्तिको चुनौतीपूर्ण छ ?

यो गठबन्धनले हामीलाई केही फरक पर्दैन । यसअघि पनि कांग्रेस, माओवादी र जनमुक्ति पार्टीको गठबन्धन थियो । गठबन्धन हुँदा पनि एमाले एक्लैले ०७४ सालको चुनाव जितेको थियो । पछि नेकपा भइसकेपछि माओवादीबाट एकीकरणमा आएका साथीहरू एमाले भसकेपछि यतै बस्नुभएको छ । जो फर्किएर जानु भो, उहाँहरू फेरि फर्किएर आइसक्नुभएको छ । माओवादीको ८० प्रतिशत हिस्सा एमालेमा छ । नेकपा एसको नीति आफूले जित्नेभन्दा पनि एमालेलाई हराउने छ । एमालेलाई हराएर एकीकरण गर्ने नेकपा एसको नीति छ । अर्कोतर्फ यसपटक हामीलाई राष्ट्रिय जनमुक्तिको पनि साथ छ । त्यस्तै, बुटवल एमालेको बलियो संगठन भएको क्षेत्र हो, त्यसकारण एमालेले हार्ने भन्ने सोंचेकै छैन ।

You Might Also Like
अछाम - ACMअर्घाखाँची - AGKइलाम - ILMउदयपुर - UDPओखलढुङ्गा - OKLकन्चनपुर - KNCकपिलवस्तु - KPLकाठमाडौँ - KTMकाभ्रेपलान्चोक - KVPकालिकोट - KLKकास्की - KSKकैलाली - KLLखोटाङ्ग - KTGगुल्मी - GLMगोरखा - GRKचितवन - CTWजाजरकोट - JKTजुम्ला - JMLझापा - JPडडेलधुरा - DDLडोटी - DTडोल्पा - DLPतनहुँ - TNHताप्लेजुङ्ग - TPLतेह्रथुम - TRTदाङ्ग - DNGदार्चुला - DCLदैलेख - DLKदोलखा - DLKHधनकुटा - DNKधनुषा - DNSधादिङ्ग - DHGनवलपुर - NWLनुवाकोट - NWKपर्बत - PBTपर्सा - PRSपश्चिमी रुकुम - RKMपाँचथर - PCTपाल्पा - PLPप्युठान - PTNबझाङ्ग - BJNबर्दिया - BRDबाँके - BNKबाग्लुङ्ग - BGLबाजुरा - BJRबारा - BRबिशेष खबरबैतडी - BTDभक्तपुर - BKTभोजपुर - BJPमकवानपुर - MKWमनाङ्ग - MNGमहोत्तरी - MHTमुगु - MGमुस्ताङ्ग - MSTमोरङ्ग - MRGम्याग्दी - MGDरसुवा - RSWरामेछाप - RMCरुपन्देही - RPDरोल्पा - RLPरौतहट - RTHलम्जुङ्ग - LMGललितपुर - LLTसङ्खुवासभा - SKWसप्तरी - SPTसर्लाही - SLHसल्यान - SLNसिन्धुपाल्चोक - SDPसिन्धुली - SDLसिराहा - SRHसुनसरी - SNSसुर्खेत - SKTसोलुखुम्बु - SLKस्याङ्गजा - SNJहुम्ला - HML