2026-11-02 12:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

गठबन्धनले हामीलाई केही फरक पर्दैन- बाबुराम भट्टराई

वैशाख १४, बुटवल | स्थानीय तह निर्वाचनमा बुटवल उपमहानगरपालिकाका लागि एमालेबाट बाबुराम भट्टराईले मेयरमा उम्मेदवार दिएका छन् । यहाँ एमालेले राष्ट्रिय जनमुक्तिलाई ११ वटा वडा सदस्य दिएर तालमेल गरेको छ । उनै मेयरका आकांक्षी भट्टराईसँग न्युज कारखानाका लुम्बिनी प्रदेश  संयोजक लक्ष्मण पौडेलले निर्वाचन केन्द्रित भएर गरेकाे कुराकानी :

चुनावी अभियान कस्ताे भइरहेकाे छ ?

हामीले मंगलबारदेखि औपचारिक रुपमा चुनावी अभियान सुरु गरेका छौँ । कार्यकर्ताहरूमा जुन खालको उत्साह, उमंग र सक्रियता छ त्यसले निकै उत्साहित बनाएकाे छ । समय कम भएकाले सबै मतदाताको घरमै जान नसकिने भयो । वडाका उम्मेदवारहरू सबैकाे घरदैलोमा पुग्नु हुनेछ । हामी (मेयर र उपमेयर) चाहीँ बुटवलमा रहेका २९९ वटा टोलमा पुग्ने योजना छ । 

तपाईले जित्ने आधार के हाे ?

चुनाव मैले भन्दा पनि एमालेले जित्ने हो । एमालेले गरेकाे कामले मैले जित्ने हाे । एमाले पार्टीको प्रतिनिधिको रुपमा म उपमहानगरपालिकामा जाँदै छु । यस्तै यहाँ हाम्रो बलियो संगठन पनि छ । अर्कोतर्फ बुटवलका मतदाता निकै सचेत छन् । उनीहरूले योग्यता, क्षमता र दक्षताका आधारमा पक्कै पनि व्यक्तिको मूल्यांकन गर्नेछन् । 

बुटवलको विकासका लागि तपाईका योजना के के छन् ?

संविधानले संघ, प्रदेश र स्थानीय तहलाई  छुट्टाछुट्टै अधिकार दिएको छ । स्थानीय तहलाई दिएको शिक्षा, आधारभूत स्वास्थ्य, पर्यटन, कृषिलगायत गतिविधिका कुरालाई हामीले प्राथमिकता दिने छौँ । भौतिक पूर्वाधारदेखि लिएर बुटवलमा धेरै काम अगाडि बढेका छन् । ती अपुरा कामलाई हामीले सम्पन्न गर्नुपर्ने छ ।

अर्को महत्वपूर्ण कुरा भनेको  बुटवलको सुकुम्बासी समस्या पनि समाधान गर्नुपर्ने छ । उनीहरूले लालपुर्जा पाउने सुनिश्चित भैसकेको अवस्थामा सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेकाले लालपुर्जा पाउन सकेनन् । बुटवल उपमहानगरपालिकाले सुकुम्बासीको पहिचान गरेर निस्सा दिने काम गरेको  छ । त्यो निस्साको आधारमा हामीले उनीहरूलाई लालपुर्जा दिने छौं ।

ज्योतिनगरको चुरेको पहिरोको व्यवस्थान गर्ने योजना बनाएकाे छु । यसका लागि ठूलो बजेट खर्चिनु पर्ने भएकोले केन्द्रीय सरकारसँग समन्वय गर्ने छौँ । शिक्षाको नीतिगत सुधारका कामलाई निरन्तरता दिँदै सामुदायिक विद्यालय सुधार अभियानलाई प्राथमिकता राख्ने छौं ।

यसैगरी, सडक बालबालिका र सडक मानव बुटवलमा हुने छैनन् । खानेपानीको समस्या समाधान गर्नेछौँ । स्वास्थ्यको क्षेत्रमा पनि हरेक वडामा अधारभूत स्वास्थ्य सेवा पुगेको छ । हामी त्यसलाई सुधार गर्नेछौं । ठाउँठाउँमा स्वास्थ्य सेवा पुर्याउने हाम्रो योजना छ ।

बुटवलको मुख्य सडक वर्षाैदेखि धुलाम्मे छ, संघीय सरकारको क्षेत्राधिकारमा पर्ने यो सडक निर्माणमा तपाईको योजना छ कि छैन ?

यो सडक संघीय सरकारको क्षेत्राधिकारमा पर्ने भएकाले उसैले बनाउनु पर्थ्याे । तर, लामो समयदेखि अलपत्र छोड्दा प्रदुषणका कारण नागरिकको स्वास्थ्य बिग्रिएको छ भने यात्रुले सास्ती  भोगिरहेका छन् । ठेकेदारको म्याद आगामी असार मसान्तसम्म छ भन्ने सुनेको छु । संघीय सरकारसँग कुरा गरेर सडक निर्माणका लागि अघि बढ्ने मेरो प्रयत्न हुनेछ । संघ सरकारले बनाएन भने बुटवल उपमहानगरकै बजेटबाट भए पनि सडक बनाउने दिशातर्फ मेरो भूमिका हुनेछ ।

सत्ता गठबन्धन एमालेका लागि कत्तिको चुनौतीपूर्ण छ ?

यो गठबन्धनले हामीलाई केही फरक पर्दैन । यसअघि पनि कांग्रेस, माओवादी र जनमुक्ति पार्टीको गठबन्धन थियो । गठबन्धन हुँदा पनि एमाले एक्लैले ०७४ सालको चुनाव जितेको थियो । पछि नेकपा भइसकेपछि माओवादीबाट एकीकरणमा आएका साथीहरू एमाले भसकेपछि यतै बस्नुभएको छ । जो फर्किएर जानु भो, उहाँहरू फेरि फर्किएर आइसक्नुभएको छ । माओवादीको ८० प्रतिशत हिस्सा एमालेमा छ । नेकपा एसको नीति आफूले जित्नेभन्दा पनि एमालेलाई हराउने छ । एमालेलाई हराएर एकीकरण गर्ने नेकपा एसको नीति छ । अर्कोतर्फ यसपटक हामीलाई राष्ट्रिय जनमुक्तिको पनि साथ छ । त्यस्तै, बुटवल एमालेको बलियो संगठन भएको क्षेत्र हो, त्यसकारण एमालेले हार्ने भन्ने सोंचेकै छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द