2026-09-12 05:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

बुटवल सुनचोरी घटना : भारतीय योजनाकारसहित तीन जना पक्राउ

वैशाख २७, भैरहवा | गत साता बुटवलमा भएको सुन चोरी घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले सिसी क्यामरा फुटेज, मोबाइल ट्रेक र आधारकार्डलगायतको मद्दतले घटना भएको १३औं दिनमा सफलता पाएको हो । वैशाख १३ गते बुटवलको विपीचोक स्थित गुल्मेलस् मजुवा सुनचाँदी पसलबाट लकर काटेर सुन चोरी भएको थियो । 

व्यावसायिक चोरहरूले योजनाबद्ध तरिकाले पसल लुट्ने उद्देश्यका साथ सँगै रहेको पसल भाडामा लिएर फेन्सी पसल गर्ने भनी सर्तमा बस्दै आएको प्रहरीले जानकारी दिएको छ । एक वर्ष बस्ने गरी अग्रिम भाडा तीन लाख ६० हजार भुक्तानी दिएका उनीहरूलाई प्रहरीले सोमबार साँझ साढे ५ बजे लुम्बिनीको खुनगाईबाट सवारी साधना चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो । 

भारतीय गाडीमा सवार मोहसिन अब्दुललाह, मोहद जीशन खान र मोहममद सरिकबाट पहेँलो सुन जस्तो देखिने सुन सिक्का, बिस्कुट सय ग्राम ६६ मिलिग्रामसहित मोबाइल, भारु रुपैयाँ, आधार कार्ड र एटिएम कार्डसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।

 घटनामा पक्राउ परेका ३६ वर्षीय मोहसिन भारत जौहरी मोहल्ला चोक लखनउ, मुख्य योजनाकार ३५ वर्षीय मोहद भारत साइ एन्कलेव गोमती कालोनी लखनउ र २२ वर्षीय सरिक लखनउकै निशान्त गन्जमा बस्दै आएका थिए । 

छेउकै सटर भाडामा लिएर योजनाबद्ध तरिकाले सोमबार बिदाको दिनमा घटना घटाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीले १३ दिनमै उपलब्धि हासिल गरेको छ । दुई किलो ग्रामभन्दा बढी सुन चोरी भएको घटनाको थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस