Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७९ असार २६ गते, अपराह्न ४:३३ बजे रुपन्देही - RPD

हाेटलमा युवती मृत अवस्थामा फेला, सँगै बास बसेका युवक फरार

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असार २६, बुटवल | युवकसँग बास बस्न गएकी युवती होटलभित्र मृत अवस्थामा फेला परेकी छन् । युवक सम्पर्कविहीन भएकाले मृत्युको कारण भने खुल्न सकेको छैन ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीका अनुसार बुटवल उपमहानगरपालिका- ३ मा रहेको होटलमा बुटवल–२ कि २१ वर्षीया सदीक्षा गुरुङ झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।

शुक्रबार राति एक युवकसँग होटलमा आएर बसेकी उनलाई शनिबार मध्याह्न कोठा चेकआउट गर्न भन्दै जाँदा होटल साहुले झुन्डिएको अवस्थामा देखेका थिए । उनले प्रहरीलाई खबर गरेपछि प्रहरी पुगेर शव निकालेको हो ।

'ती युवती र युवक राति साढे १० बजे सो होटलमा गएको खुलेको छ । युवकले राति नै बिल तिरेर गएको र पछि चेक आउट हेर्न जाँदा युवती झुन्डिएको भन्दै राति १२ बजे होटल सञ्चालकले फोन गर्नुभएको थियो,'  प्रहरी नायब उपरीक्षक केसीले भने ।

शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको केसीले बताए । सँगै गएका युवकको अहिलेसम्म पहिचान नभएको र अनुसन्धान भइरहेको उनले बताए ।