2026-07-11 06:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बारा - BR

अनाथ तथा असहाय बालबालिकाको नाममा ठगी धन्दा

असार २९, बारा | अनाथ तथा असहाय बालबालिकाको नाममा ठगी धन्दामा गरेको पाइएको छ । बाराको निजगढ नगरपालिका-७ मा रहेको संयुक्त नेपाल अनाथ तथा असहाय बालबालिका समाजले ठगी धन्दा गर्दै आएको पाइएको हो ।

अनाथालयको नाममा सहयोग माग्दै ठगी गरेको आरोपमा बारामा प्रहरीले एक जना पक्राउ गरेपछि ठगी भएको खुलेको हो । प्रहरीले जिल्लाको निजगढ नगरपालिका–७ मा सञ्चालित रहेको अनाथालयका सञ्चालक बताउने मनहरी गाउँपालिका–७ घर भएका २८ वर्षीय पासाङ रुम्बा पक्राउ परेका हुन् । पक्राउ रुम्बाबाट संयुक्त नेपाल अनाथ तथा असहाय बालबालिका समाजको सहयोग रसिद समेत फेला परेको छ ।

समाजले रोजगरी दिने भन्दै विभिन्न सहरका किशोरीहरूलाई प्रयोग गरेर नेपालका विभिन्न सहर बजारबाट रकम संकलन गर्न लगाउने कार्यमा संलग्न भएको भन्दै इलाका प्रहरी कार्यालय निजगढले रुम्बालाई पक्राउ गरेको हो । 

कर्मचारीको रूपमा भर्ना गरिएका बारा निजगढ नगरपालिकाका २ सहित ८ जना किशोरीहरूलाई विभिन्न जिल्लामा पठाएर रुम्बाले अनाथ बालबालिकाको सहयोगको लागि भन्दै रकम संकलन गर्न लगाउने र सो रकम आफन्तको नाममा पठाउने गरेको प्रहरीले बताएको छ । 

संयुक्त नेपाल अनाथ तथा असहाय बालबालिका समाजमा कर्मचारी आवश्यकता रहेको जानकारी पाएपछि करिब २ महिना अगि सुनसरी, रामधुनी नगरपालिका-२ की मनीषा कार्की मासिक १५ हजार तलब दिने सर्तमा यस संस्थामा आबद्ध भइन् । 

‘बस्न खान दिएर मासिक १५ हजार दिने भनी एनजियोमा कर्मचारी माग भएको सूचना अनुसार म यस संस्थामा आबद्ध भएको थिए तर हामीलाई प्रयोग गरेर अनाथ तथा असहाय बालबालिकाको नाममा संकलन भएको रकमको दुरुपयोग भएको रहेछ,’ उनले भनिन्, ‘हामीलाई दैनिक २१ सय रुपैयाँ संकलन गर्न लक्ष्य दिएको थियो र यो संकलन भएको रकमले अनाथ तथा असहाय बालबालिकालाई पठाउने, अनाथालय बनाएर राख्नेभन्दै रकम संकलन गर्न लगाउँदै आएका थिए । तर, हामीलाई झुक्काएर ठगी गरेको प्रहरीले सञ्चालकलाई पक्राउ गरेपछि बल्ल मैले थाहा पाए ।’

किशोरीहरूलाई मासिक १५ हजार रुपैयाँ तलब दिने सर्तमा एक महिनाअघि संस्थामा भर्ना गरिएको थियो । उनीहरूलाई संस्थाको नाम र लोगो अंकित पोसाक र परिचय पत्रसमेत प्रदान गरिएको छ । संस्थाको गतिविधि बारे शंकालागेपछि किशोरीका अभिभावकहरूले दिएको सूचनाको आधारमा प्रहरीले कार्यालयमा छापामारेर कागजातसहित रुम्बालाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक सञ्जीव ओलीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जना पक्राउ बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको उपचारका क्रममा मृत्यु कर्णालीमा बेपत्ता गाडीका चालकको शव फेला न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन मृत्यु भयो भने पनि म आफ्नै भूमिमा मर्न चाहन्छु: शेख हसिना काठमाडौँको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ