2026-06-25 05:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

लामो समयको खडेरीपछिको वर्षाले किसानलाई राहत महसुस

काठमाडौँ | जल तथा मौसम विज्ञान फिल्ड कार्यालय सिमराका अनुसार आज बिहान पर्सामा ७२ मिलीमिटर र बारामा आठ दशमलव पाँच मिलीमिटर वर्षा भएको छ । वीरगञ्ज महानगर–२१ पटेल नगरका शिवहरि पटेलले वर्षात्को पानीले चैते धानको लागि फाइदा पुगेको बताए । ‘खडेरीले सबै फसल सुक्न लागिसकेको थियो’, उनले भने, ‘वर्षात्ले केही हदसम्म भए पनि राहत महसुस गराएको छ ।’

पछिल्लो समय तराई–मधेसमा गहुँ काट्ने सिजन चलिरहेको छ । चैते धान तथा मकैखेती सिजन सुरु भएको छ । वीरगञ्ज महानगर–२४ बहुअरीका किसान सितासमा चौहानले वर्षात्को पानीले तरकारीखेती गर्नका लागि सहज भएको बताए । पर्सामा ४७ हजार १०३ हेक्टरमा धानखेती हुने गर्छ । त्यसैगरी पर्वत संवाददाताका अनुसार छ महिना लामो खडेरीपछि वर्षा हुँदा कृषकहरूले राहत महसुस गरेका छन् ।

खडेरीले हिउँदे खेती प्रभावित भएपछि निराश बनेका कृषकहरू बुधवार रातीदेखिको वर्षापछि हर्षित भएका हुन् । वर्षा नहुँदा मकै सुक्न थालेका थिए भने कोदो र धानको बीउ उम्रिन सकेको थिएन । वर्षा नभएका कारण गहुँ, आलु, जौ, फापरलगायतको खेती फस्टाउन नपाएको कृषि ज्ञान केन्द्र पर्वतका वरिष्ठ कृषि विकास अधिकृत परशुराम अधिकारीले बताए । जिल्लामा सिंचाई सुविधा पुगेको आठ हजार हेक्टर बाहेक अधिकांश स्थानका कृषकहरू आकाशे पानीमा निर्भर छन् ।

‘खडेरीका कारण मकै गोडमेल गर्न पाइएको थिएन, अब सहज भएको छ’, ठुलीपोखरीका कृषक रामप्रसाद सापकोटाले भने । ढिलो गरी वर्षा भए पनि बारीमा मकै लगाउन, लहरेवालीलगायत विभिन्न तरकारी र वर्खे आलु खेती गर्न सहज भएको कृषकहरूको भनाई छ । कृषि ज्ञान केन्द्रका अनुसार खडेरीका कारण हिउँदे खेती उत्पादनमा ४० प्रतिशतले ह्रास आएको छ । सबैभन्दा धेरै तेलहन र गहुँवाली प्रभावित भएको वरिष्ठ कृषि विकास अधिकृत अधिकारीले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ