Skip to content
Friday, July 17, 2026 Nepali Online Media
October 18, 2022 पर्सा - PRS

चोरीका मोटरसाइकलसहित पर्साबाट ६ जना पक्राउ

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>कात्तिक १, वीरगञ्ज |</b> प्रहरीले पर्साबाट चोरी गरिएका पाँच वटा मोटरसाइकलसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थान र पर्साको पोखरिया नगरपालिकाबाट चोरिएका मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरेको हो |<br></p><p>पक्राउ पर्नेमा वीरगञ्ज-१३ का सुमित कुशवाहा, वीरगञ्ज-१२ का राजन मण्डल, अभय मण्डल, वीरगञ्ज-११ का नन्दन कुमार चौरसिया र वडा नम्बर १० का रिकी मण्डल रहेका छन् ।</p><p>यसैगरि पोखरिया नगरपालिका-६ का खरबुद आलमलाई प्रहरीले सखुवा प्रसौनी गाउँपालिका-२ बाट पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता दीपक गिरीले बताए ।</p>