Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
July 29, 2022 बैतडी - BTD

बैतडीमा बुवाको हत्या गर्ने छोरा पक्राउ

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन १३, बैतडी | आफ्नै बुवा ६८ वर्षीय अन्तराम जोशीलाई मही बनाउने पारो प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले उनको छोरालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा डिलासैनी गाउँपालिका–५ सेरा बस्ने २३ वर्षीय लोकराज जोशी छन् । उनलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

लोकराजले पारो प्रहार गर्दा उनकै बुवाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त खबर प्राप्त हुनासाथ प्रहरी चौकी गोकुलेश्वर र इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।