2026-09-11 09:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

आर्थिक अभावले सङ्कटमा सुदूरपश्चिमका एफएम रेडियो

काठमाडौँ | आर्थिक अभावमा सुदूरपश्चिमका एफएम रेडियो स्टेशन सङ्कटमा परेका छन् । विज्ञापन बजार र व्यवस्थापकीय समस्याका कारण सुदूरपश्चिम प्रदेशमा सञ्चालित एफएम रेडियो सङ्कटमा परेका हुन् । सुदूरपश्चिममा हालसम्म ४१ रेडियो स्टेशन बन्द भएका छन् ।

सुदूरपश्चिम प्रदेशमा दर्ता भएका एक सय २० एफएम रेडियो स्टेशनमध्ये ४१ बन्द भएका जानकारी दिँदै नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिमका महासचिव शिवराज भट्टले आर्थिक अभावमा २५ प्रतिशत रेडियोले कर्मचारी एवं पत्रकारलाई तलब दिननसक्ने परिस्थिति सृजना भएको बताउनुभयो ।
“विज्ञापन बजार सीमित छ, स्थानीय सरकारले समानुपातिक रुपमा विज्ञापन वितरण गर्न सकेका छैनन्, यसले रेडियो बन्द हुँदै गएका छन”, उहाँले भन्नुभयो, “अब व्यावसायिक तथा सामुदायिक रेडियोको दिगो आर्थिक व्यवस्थापन र सृदृढीकरणका लागि रेडियो सञ्चालक एवं सरकारले ठोस योजना बनाउनुपर्छ । ”

“स्थानीयस्तरमा व्यापार व्यवसाय सङ्कटमा छन्, सरकारी निकायबाट खासै सहयोग छैन , विज्ञापन आउन छोडिसक्यो”, रेडियो सेभेन स्टार बैतडीका सञ्चालक अमर भट्टराईले रासससँग भन्नुभयो ।

रेडियो टिकापुर कैलालिका प्रमुख एकेन्द्र तिमल्सेनाले सरकारी निकायबाट विज्ञापन नआउने र स्थानीय व्यापार पनि नफस्टाउँदै आम्दानी दिगो स्रोत नहुँदा आफूहरूले सङ्कटको सामना गर्नुपरेको गुनासो गर्नुभयो ।

रेडियोकर्मी शिव ओलीले सानो ठाउँमा धेरै रेडियो हुँदा विज्ञापनका लागि अस्वस्थ प्रतिस्पर्धा बढिरहेकाले सरकारी संयन्त्रले नै विज्ञापन दर निर्धारण गरिनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस