१४ बैशाख २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

धनगढीमा करेन्ट लागेर आमाको मृत्यु भएको र छोरा घाइते

३१ चैत्र २०८१, आईतवार १४:०७

धनगढीमा करेन्ट लागेर आमाको मृत्यु भएको छ भने छोरा घाइते छन् । धनगढी उपमहानगरपालिका–१९ को फूलबारीमा अन्दाजी २५ वर्षीया विमला कुँवरको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । कुँवरलाई मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेको थियो । उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका हुन् । करेन्ट लागेर उनका तीन वर्षीय छोरा प्रजल कुँवर घाइते भएका छन् । उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

त्यसतै यता कैलालीको गोदावरीमा एक जनाले आफ्नै घरमा आगो लगाएका छन् । गोदावरी नगरपालिका–६ को चौधरी टोल बस्ने २७ वर्षीय अनिलबहादुर चौधरीले शनिबार आफ्नै टिनले छाएको एक तले घरमा आगो लगाएको प्रहरीले जनाएको छ । आगलागीबाट घरभित्र रहेका लत्ता कपडा, अन्न जलेर नष्ट भएर साढे २ लाखको क्षति भएको छ । प्रहरीकाअनुसार घरमा आगो लगाउने चौधरीलाई नियन्त्रणमा लिए पनि उनको मानसिक सन्तुलन बिग्रिएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सबै क्षेत्र र भूगोललाई समेट्ने गरी बजेट बनाउनुपर्नेमा ऊर्जामन्त्रीको जोड नेप्से परिसूचकमा सामान्य सुधार ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूलमर्मबमोजिम आगामी बजेट आउनुपर्छ’ माओवादी केन्द्रले शिक्षकहरूको आन्दोलनमा प्रहरी दमन भएको भन्दै भर्त्सना गरे मह जोडीले पार गरे सहकार्यको ४५ वर्ष नेपाली कांग्रेसकी समानुपातिक सांसद माया राई तीन दिनसम्म थुनामा रहने सबै आमाप्रति समर्पण र कृतज्ञताको भावना प्रगाढ बनोस्ः प्रधानमन्त्री भेरी अस्पतालमा भएको आगलागीबाट चार करोडको क्षति आफ्नो ‘बेडरुम’सम्म विचौलियाको पहुँच छ भन्नेहरूलाई आरोप प्रमाणित गर्न प्रधानमन्त्रीको चुनौती बाढीसम्बन्धी पूर्वसूचना दिन तालगाउँमा साइरन जडान राप्रपा अध्यक्ष लिङ्देनको भनाइ ‘रेकर्ड’बाट हटाउन माग अहिले मुलुकमा भ्रष्टाचार चरमचुलीमा पुगेको : चित्रबहादुर केसी प्रतिनिधिसभाः ‘बजेट परम्परागत र वितरणमुखी हुनुहुँदैन’ नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने विषयमा संसदीय समितिको सुझाव प्रहरीसँग झडप भएपछि नेपाल शिक्षक महासंघले आकस्मिक बैठक बोलाए आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्रलाइ आज पनि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइदै कास्की र लमजुङका पर्यटकीयस्थलको प्रवर्द्धन गरिँदै पाँच अर्बभन्दा बढी बजेट फिर्ता, ऊर्जा मन्त्रालय र एमसिए नेपालको सबैभन्दा बढी सांसद लिङ्देनले सदनमा माफी माग्नुपर्ने