2026-08-07 07:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

किसानलाई अनुदानमा मिनी टिलर वितरण

काठमाडौँ | कैलालीको चुरे गाउँपालिका–४ खैरालाका किसानलाई मिनी टिलर वितरण गरिएको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रले व्यावसायिक रूपमा कृषि पेसामा आवद्ध १८ जना किसानलाई ५० प्रतिशत अनुदानमा १८ वटा मिनी टिलर हस्तान्तरण गरेको हो ।

केन्द्रका अनुसार रु ७० हजार मूल्य पर्ने मिनी टिलरको रु ३५ हजार अनुदानमा किसानलाई उपलब्ध गराइएको हो । मागमा आधारित कार्यक्रममार्फत किसानलाई मिनी टिलर वितरण गरिएको कार्यालयले जनाएको छ ।

चुरेलाई व्यावसायिक अदुवा, बेसार, सुन्तला, मौसमी, अमिलो तथा केराखेतीका लागि उर्बर भूमिका रूपमा लिने गरिएको बताउँदै केन्द्रका सूचना अधिकारी दुर्गा ओझाले किसानलाई मिनी टिलर वितरणले उत्पादन वृद्धि हुने अपेक्षा गरिएको उल्लेख गर्नुभयो ।

उहाँले जोत्न प्रयोग गरिने गोरु पाल्न छाडेपछि खेतीपातीमा समस्या हुँदा खेतबारी बाँझै हुन नदिन र किसानलाई खेतीपातीमा उत्साहित गर्न केन्द्रले पालिकासँगको समन्वयमा अनुदानमार्फत मिनी टिलर वितरण गरेको बताउनुभयो ।

सूचना अधिकारी ओझाले भन्नुभयो, “एकातिर किसानले गाईगोरु पाल्न छाडेका र अर्कोतिर परम्परागत भन्दा यान्त्रिक उपकरणले खनजोत गर्दा कम लागत पर्ने र छिटोछरितो हुने भएकाले किसानको मागअनुसार मिनी टिलर वितरण गरेका हौँ ।” कृषिको आधुनिकीकरण तथा उत्पादन लागत घटाई उत्पादन बढाउने उद्देश्यले किसानलाई मिनी ट्र्याक्टर उपलब्ध गराइएको केन्द्रले जनाएको छ ।

चुरे गाउँपालिका अदुवा, सुन्तला, कृषि, पशुपालनको पकेट क्षेत्रका रूपमा चिनिँदै आएकाले किसानलाई व्यावसायिक कृषिमा आत्मनिर्भर बनाउने विभिन्न किसिमका कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको सूचना अधिकारी ओझाले उल्लेख गर्नुभयो । सोहीअनुसार मिनी ट्र्याक्टर उपलब्ध गराइएको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टिपरले स्कुटरलाई ठक्कर दिँदा गम्भीर घाइते भएकी स्कुटरमा सवार युवतीको मृत्यु सरकारले नेपाली सेनालाई सस्तो बनाउने काम गर्‍यो : मिराज ढुंगाना ‘ब्लु बस’ महिलालाई छुट्याउन होइन, सुरक्षित बनाउन : मन्त्री बादी राष्ट्रियसभामा सङ्क्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३ पेस १३.८२ अंकले घट्यो नेप्से, ४ अर्ब ६२ करोडको कारोबार ‘बीमा छ, सेवा छैन’ : स्वास्थ्य बीमाको अवस्थामाथि सांसद देवकोटाको कडा प्रश्न गृहमन्त्री सुधन गुरुङले मागे माफी निर्मला पन्त हत्या प्रकरणबारे गृहमन्त्रीको आग्रह: “यो विषय सदनमा पटक–पटक नउठाउनुस्” दुःख नभएको मानिस हुँदैन, दुःखलाई नै बल बनाएर अघि बढ्नुपर्छ: गृहमन्त्री गुरुङ राप्रपाले ३७ वर्षसम्म राजाको नाममा भोट संकलन गर्‍यो: धवलशमशेर जबरा ग्यासको अभाव र कालोबजारी भए फोन गर्न उद्योग मन्त्रालयको आग्रह आज राष्ट्रियसभाको बैठकमा गृहमन्त्री गुरुङले जवाफ दिने पेट्रोल ट्यांकर दुर्घटनामा परी भएको आगलागी नियन्त्रणमा ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते एकैदिन ८ हजारले बढ्यो सुनको मूल्य, कति पुग्यो ? काठमाडौँसहित ३० जिल्लामा आकस्मिक बाढीको जोखिम साइप्रसमा नेपाली दूतावास स्थापनाका लागि दवाव दिन तीन हजार जनाले गरे प्रत्यक्ष हस्ताक्षर अनावश्यक ग्यास भण्डारण नगर्न निगमको आग्रह, दुई साताभित्र अभाव अन्त्य हुने दाबी आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा फ्री भिसा–फ्री टिकटको नीति १० वर्षदेखि कागजमै सीमित छ: श्रममन्त्री यादव