३१ जेष्ठ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

खरबुजा बिक्रीबाट दैनिक १२ हजारसम्म आम्दानी गर्दै किसान

२ जेष्ठ २०८२, बिहीबार १५:०८

काठमाडौँ | कैलालीका विभिन्न नदीबगरमा खरबुजाखेती गरेका किसानको यतिबेला बिक्रीकेन्द्र धनगढी बजार बनेको छ । हिजोआज बगरखेतमा उत्पादित खरबुजा गोरुगाडामा राखेर धनगढी बजार आसपासका क्षेत्रमा बिक्री गरी रहेका छन् ।

गर्मीयाम बढेसँगै किसानलाई खरबुजा बिक्री गर्न भ्याइनभ्याइ भएको धनगढी उपमहानगरपालिका–१७ का गोपाल रानाले बताउनुभयो । उहाँले दिनमा रु १० हजारदेखि रु १२ हजारसम्मको खरबुजा बिक्री भइरहेको जानकारी दिनुभयो । “धनगढीबाट घर टाढा छ, प्रत्येक दिन गोरुगाडामा यहाँसम्म आएर व्यापार गर्न सकिँदैन, त्यसैले एक÷दुई दिन बिराएर बिक्री गर्ने गरेको छु”, उहाँले भन्नुभयो ।

लामो समयदेखि खुटियाको बगरमा १० कट्ठा जमिनमा खरबुजाखेती गर्दै आउनुभएका किसान शिवुराम चौधरीले प्रत्येक दिन धनगढी पुगेर खरबुजा बिक्री गरिरहेको बताउनुभयो । उहाँले दिनमा रु चार हजारदेखि रु सात हजारसम्म आम्दानी हुने जानकारी दिँदै दैदिक दुई क्विन्टलसम्म बिक्री हुने गरेको उल्लेख गर्नुभयो ।

“उत्पादनको सुरुमा रु ४० देखि रु ६० मा बिक्री गर्ने गरिएकामा हिजोआज प्रतिकिलो रु ३० मा बिक्री भइरहेको छ । उत्पादन बढेपछि खरबुजाको मूल्य घटेको छ”, उहाँले भन्नुभयो ।

किसानले यस वर्ष खुटिया, शिवगङ्गा, पथरीनदीलगायत आसपासका बगरमा व्यावसायिक खरबुजाखेती गरिरहेका छन् । त्यस्तै, मोहना नदीबगरको जुगेडा, घुइँयाघाट, बङ्गरा कटान क्षेत्रमा पनि केही किसानले व्यावसायिक खरबुजाखेती गरेका छन् । नदीबगरमा थारू समुदायका व्यक्तिसहित भारतीय किसानले व्यावसायिक रूपमा खरबुजाखेती गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल कसैको मातहतमा रहेन–रहँदैन : प्रधानमन्त्री ओली अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ताबीच समन्वय जरुरी छ : गृहमन्त्री लेखक ‘महाभोज’ अन्यायमा परेका पीडितको आवाज होः अभिनेत्री भुसाल देश बनाउन दलका नेताहरुले कार्यशैली र सोंच परिवर्तन गर्न सक्नुपर्छ: थकाली रवीन्द्र मिश्र र धवल शमशेरविरुद्ध पक्राउ पुर्जी जारी हुने उच्चस्तरीय छानबिन समिति गठन गर्न माग फाइभजी विस्तारमा ८ अर्ब लगानी आवश्यक, तत्काल सम्भव छैन : एनसेल हवाई सुरक्षामा सरकारको ध्यानाकर्षण विश्व बैंक समूहको ‘कन्ट्री पार्टनरसीप फ्रेमवर्क फर नेपाल’ सार्वजनिक ‘तथ्य र प्रमाणमा आधारित रहेर अपराध अनुसन्धान तथा अभियोजन गर्नुपर्नेमा जोड’ बमको धम्कीपछि एयर इन्डियाको विमान थाइल्यान्डमै फिर्ता तीन प्रहरीसहित पाँच जना पक्राउ, मोबाइल व्यवसायीसँग ५ लाख असुलेको आरोप इरान सङ्कटमा ट्रम्पको जी–७ शिखर सम्मेलनमा पुनरागमन ताप्लेजुङमा चिराइतो उत्पादनमा वृद्धि गर्भवती–सुत्केरीलाई निरन्तर पोषण सामग्री काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि संसद्को उद्योग समितिको बैठकमा वादविवाद, वैदेशिक रोजगार र भिजिट भिसा प्रकरणमा छलफल मिङ्मा अर्थात् ‘किलर माउन्ट केटु’का कीर्तिमानी आरोही ‘खाडीमा महिला कामदारमाथिको प्रतिबन्ध खुलाउने विषयमा दलीय धारणा बनाउँछौँ’ साउदी अरेबिया : इरानमा इजरायली आक्रमण ‘अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन’