Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७९ साउन ०७ गते, अपराह्न ४:२९ बजे कैलाली - KLL

स्रोत नखुलेको साढे १७ लाख भारतीय रुपैयाँसहित २ जना पक्राउ

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन ७, धनगढी | धनगढीमा स्रोत नखुलेकोसाढे १७ लाख भारतीय रुपैयाँसहित दुई जान पक्राउ परेका छन् । सशस्त्र प्रहरीको केन्द्रीय ब्युरोको सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलालीबाट खटिएको टोलीले धनगढीको अस्पताल रोड नजिकैबाट १७ लाख ६६ हजार ६७० भारु सहित उनीहरूलाई पक्राउ गरेका हुन् ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका १  बस्ने १७ वर्षीय विवेक चन्द र १८ वर्षीय सरोज धामी रहेको सशस्त्र प्रहरी बल नेपाल नं ३४ गणका सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) देवराज जोशीले जानकारी दिएका हुन् ।

उनका अनुसार स्रोत नखुलेको सो रुपैयाँ सहित आज बिहान साढे ५ बजे साइकलमा धनगढीको चौराहतिर जाँदै गरेको अवस्थामा बरामद गरिएको हो । उक्त रकम बारे दुवै जनाले हामी लाई यथार्थ कुरा भनिरहेको अवस्था छैन | बरामद गरिएको रकम सहित दुवै जनालाई राजश्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाउने सशस्त्र प्रहरीले जनाएको छ ।