2026-06-24 09:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मधेस प्रदेश माग गर्दै सुनसरी बन्द

साउन-२९, इनरुवा । नयाँ संविधानमा सुनसरी, मोरङ, झापा र उदयपुरको दक्षिण क्षेत्रका केही भागलाई मधेश प्रदेशमा राख्नुपर्ने माग गर्दै आज बन्द आह्वान गरिएकाले सुनसरीको जनजीवन प्रभावित भएको छ।

बन्दकर्ताहरुले बिहानैदेखि चोकचोकमा भेला भई सवारी साधन बन्द गरेका छन् भने बजार, यातायात, कलकारखाना सञ्चालन हुन दिएका छैनन्।

मधेस प्रदेश बचाउ सङ्घर्ष समितिले मधेस बन्दको आह्वान गरेको हो। यसैबीच थारु सङ्घर्ष समिति र थारु कल्याणकारिणीसभा सुनसरीले गरेका बन्दका कारण तेस्रो दिन पनि सुनसरीको इटहरी, दुहबी, झुम्कालगायतका क्षेत्रको जनजीवन प्रभावित भएको छ।

तराईका २२ वटा जिल्लालाई थरुहट प्रदेशमा राख्नुपर्नेलगायतका माग राख्दै छ दिने बन्दको आह्वान गरेको सङ्घर्ष समितिका सदस्य मिलीराम चौधरीले जानकारी दिए। रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते गृहमन्त्री सुधन गुरुङविरुद्ध उजुरी दर्ता बेलायती प्रधानमन्त्री स्टार्मरले गरे राजीनामा दिने घोषणा संसदभित्र प्रतिपक्षीको आवाज भनेको तपाईंहरूको आवाज हो: भीष्मराज आङ्देम्बे