२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

टिप्स

कपाल फुल्नबाट जोगिन आजै दिनचर्यामा यी ५ परिवर्तन गर्नुहोस्, उपचारविधि के?

२०७९, २१ भाद्र मंगलवार ०९:१२

काठमाडौँ | कपालले हाम्रो सौन्दर्यलाई दोब्बर बनाउँछ । तर कपालको हेरचाह नगर्ने हो भने समय नपुग्दै कपाल सेतो हुन सक्छ । सेतो कपालले समयभन्दा पहिले नै बूढो देखिन्छ । कपालमा केमिकलको अत्यधिक प्रयोग, कपालमा पोषणको कमी आदि जस्ता धेरै यस्ता कारण छन् जसले कपाल सेतो हुने गर्दछ । जीवनशैलीमा केही आवश्यक परिवर्तनहरू गरेर, तपाईंले आफ्नो छाला र कपालमा परिवर्तन देख्नुहुनेछ । यदि तपार्इं समय भन्दा पहिले नै कपाल फुल्नबाट जोगिन चाहनुहुन्छ भने, यी तरिका अपनाउन सक्नुहुन्छ ।

तनावले फुल्ने कपाल रोक्न सकिने तथ्य सार्वजनिक !

१. धुम्रपान छोड्नुहोस्

धुम्रपानले कपाल छिट्टै नै फुल्ने गर्दछ । चुरोटमा पाइने टक्सिनले कपालको फोलिकल्सलाई नोक्सान पुर्‍याउँछ । समयपूर्व बुढ्यौलीको समस्याबाट छुटकारा पाउन धुम्रपान त्याग्नुहोस् ।

२. रसायनको अत्यधिक प्रयोग नगर्नुहोस्

यदि तपार्इं धेरै खालको हेयर प्रडक्टस प्रयोग गर्नुहुन्छ भने तपाईंको कपाल छिट्टै फुल्न सक्छ । यी उत्पादनमा भएका केमिकल्सले कपाललाई बिगार्छ र छिटै फुल्ने समस्या निम्त्याउन सक्छ । धेरै खालका उत्पादन प्रयोग गर्दा कपाल ड्राई पनि हुनसक्छ ।

३. कपालमा तेल लगाउनुहोस्

कपालमा तेल नलगाउँदा कपाल फुल्ने गर्छ । हप्तामा कम्तिमा दुई पटक कपालमा तेल लगाउनु पर्छ । तेलबाट कपाललाई पोषण मिल्छ । कपालमा बदामको तेल, नरिवलको तेल, जैतुनको तेल आदि लगाउन सक्नुहुन्छ ।

४. पौष्टिक आहार लिनुहोस्

खानामा पोषक तत्वको कमीका कारण कपाल फुल्ने समस्या हुन सक्छ । खानामा भिटामिन ए, भिटामिन ई, भिटामिन डी आदिको कमीले कपाल फुल्न सक्छ । भिटामिन, मिनरल्स र अत्यावश्यक पौष्टिक तत्व भएको खाना खानुपर्छ ।

५. घाममा लामो समयसम्म नबस्नुहोस्

यदि तपाईं लामो समयसम्म घाममा बस्नुभयो भने, तपाईंको कपाल छिट्टै सेतो हुन सक्छ । पराबैंगनी किरणले हाम्रो कपाललाई हानी गर्छ । लामो समय घाममा बस्ने बानी छ भने यो बानी बदल्नुहोस् । कपाललाई घामबाट जोगाउन छाता वा स्कार्फ लगाएर बाहिर निस्कनुपर्छ।

कपाल स्वस्थ राख्नको लागि दैनिक स्वस्थ आहार लिनुहोस् र कपालको सरसफाइमा ध्यान दिनुहोस् ।

घरेलु उपचारविधि

  • समुद्रफललाई पानीमा पिसेर तीन महिनासम्म कपालमा लगाउनाले कपाल कालो हुन्छ ।
  • इन्द्रायणको विउको वेल सेतो कपालमा लगाउनाले कपाल कालो हुन्छ ।
  • हर्रो, बर्रो, अमला निमको पात, मृगराज आदि सबैलाई बराबर मात्रामा लिई कालो गाईको पिसाबमा मिलाई पिसेर केही समयसम्म निरन्तर टाउकोमा लगाउनाले कपाल कालो हुन्छ ।
  • शरदऋतुको समय छ भने हरियो अमला टिपेर १०/१२ वटा अमलाको भित्री माग फाली पिस्नुहोस् । पिसिसकेपछि उक्त धुलो टाउकोमा लगाउनाले कपाल कालो हुन्छ । यसलाई २/३ घण्टासम्म टाउकोमा लगाई साबुन प्रयोग नगरी नुहाउनुहोस् ।
  • ताजा ओखरलाई दुधमा पकाई उक्त दूधबाट मथेर घ्यू निकाल्नुहोस् उक्त घ्यूलाई कपालमा लगाउनाले कपाल कालो हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला