२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

टिप्स

मस्तिष्कघातका तीनवटा अस्वाभाविक लक्षण चिन्नु राम्रो !

२६ भाद्र २०७९, आईतवार ०९:२२

वासिङटन | मस्तिष्कघात हुनुअघि मानव शरीरमा अनौठा तर कम परिचित लक्षणहरू देखिने गरेको यस सम्बन्धी अनुसन्धान पछि तयार पारिएको एक प्रतिवेदनमा जनाइएको छ ।

पछिल्लो एक अध्ययनले महिलाहरूलाई टाउको दुख्ने, अन्यौल महसुस हुने वा पुरुष भन्दा तिनीहरू बढी मात्रामा अचेत अवस्थामा पुग्ने गरेको पत्ता लगाएको छ । 

अमेरिकामा मानिसहरूको मृत्युको एक प्रमुख कारण मस्तिष्कघात पनि हो । तर, लक्षण देखापरेको सुरुका अवस्थामा नै उपचार गरिएको खण्डमा यसबाट ज्यान जोगाउन पनि सकिन्छ । 


अमेरिकी ह्रदय संगठन (एएचए)ले अस्वाभाविक र कम पहिचान भएका मस्तिष्कघातका लक्षणहरूलाई नयाँ प्रतिवेदनमा उल्लेख गरेको छ । 

मानव मस्तिष्कमा रक्तसञ्चारमा अवरोध पुगेमा र अक्सिजनको अभाव भएमा मस्तिष्कमा क्षति पुग्नुलाई नै मस्तिष्कघात भनिन्छ । 

एएचएले भनेको छ, “मस्तिष्कघातका लक्षण चिनेर आवश्यक कदम उठाउनु महत्वपूर्ण छ । समयमै उपचार गरेमा दीर्घकालीन अशक्ततता र मृत्युबाट बच्न सकिन्छ ।”

रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)का अनुसार प्रत्येक ४० सेकेन्डमा अमरिकामा एकजनालाई मस्तिष्कघात हुने गरेको छ । 

मस्तिष्कघातको सिकार जो कोही पनि हुनसक्ने तर यसको खतराको परिमाण भने मानिसपच्छिे नै फरक हुने गरेको बताइएको छ । उदाहरणका लागि गोरा जातिको तुलनामा काला जातिमा पहिलोपटक हुने मस्तिष्कघातको खतरा दोब्बर हुने गरेको (सीडीसी)ले जनाएको छ । साथै ५५ वर्षको उमेर पुगेपछि प्रत्येक दशक मस्तिष्कघात हुने सम्भावना दोब्बर हुँदै जाने बताइएको छ । 

चिकित्सकीय अवस्थाहरू जस्तै मधुमेह, उच्च रक्तचाप, मोटोपना तथा उच्च कोलेस्टेरोलले मानिसमा मस्तिष्कघातको सम्भावना बढाउन सक्छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा