2026-09-08 10:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

बसाइँसराइले स्यांग्जाको सिरुबारी होमस्टे प्रभावित बन्दै

कात्तिक २, वालिङ । स्याङ्जाको दरौं सिरुबारीमा रहेको नेपालकै सबैभन्दा पुरानो घरबास (होमस्टे) बसाइँसराइका कारण प्रभावित बन्दै गएको छ । 

क्याप्टेन रुद्रमान गुरुङको अवधारणा अनुसार २०५४ सालदेखि सुरु भएको सिरुबारी होमस्टेमा हाल १७ वटा घरमामात्रै घरबासको व्यवस्था रहेको पर्यटन विकास समिति सिरुबारीका सदस्य संयोजक जुम गुरुङले बताउनुभयो । 

“सुरुको अवस्थामा ३९ वटा घरमा १५० जना अतिथि राख्न मिल्ने होमस्टेको व्यवस्था मिलाएका थियौँ” सदस्य संयोजक गुरुङले भन्नुभयो, “अहिले २२ वटा घरका भूतपूर्व ब्रिटिस आर्मीलाई बेलायतले आवासीय सुविधा दिएका कारण जानुभया, जसले गर्दा हाल १७ घरमा ६० जनालाई होमस्टेको व्यवस्था रहेको छ ।” 

विदेश गएर खाली भएका घरमा पाहुना राख्न मिलेपनि खाना खाने व्यवस्था नरहेकाले अर्को घरमा खाना खाएर खाली घरमा बास बस्नु त्यो होमस्टे नभएर होटल हुने भएकाले १५० जनाकै क्षमता भएपनि ६० जनासम्मलाई खाना तथा बास बस्ने व्यवस्था मिलाएको समितिले जनाएको छ । 

स्थानीय वेषभूषा झल्कने पोसाक तथा बाजागाजासहित फूलमालाले पाहुनालाई स्वागत गर्ने चलन रहेको छ” सदस्य संयोजक गुरुङले भन्नुभयो, “यहाँ आउने पाहुनाले अतिथि सत्कार गर्ने तरिकालाई निक्कै नै मन पराउने गरेको बताउँछन् ।” 

सकेसम्म स्थानीय परिकारलाई प्राथमिकता दिने र केही सामान बजारबाट ल्याइए तापनि स्थानीय तरिकाले बनाइने गरेको छ । आन्तरिक पर्यटक दुई हजार ८०० र बाह्य पर्यटक ५०० गरी वार्षिक झन्डै तीन हजार ३०० पर्यटक आउने गरेको समितिले बताएको छ । 

“आन्तरिक पर्यटक कम्तीमा एक रात र बाह्य पर्यटक कम्तीमा दुई रातको प्याकेज बनाएर आउने गरेका छन्” सदस्य संयोजक गुरुङले भन्नुभयो, “सिरुबारीमा आएर बास नबसीकन फर्किनेलाई भने हामीले पर्यटकका रुपमा उल्लेख गर्दैनौँ ।” रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित