प्रेम सुनार/मङ्सिर १९, गुल्मी । अन्र्तराष्ट्रिय पर्यटकीय स्थल लुम्बिनीमा सन २०१५ को नवम्भर महिनाको तुलनामा सन २०१६को नवम्भर महिनामा बिदेशी पर्यटकको आगमनमा क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रेम सुनार/मङ्सिर १९, गुल्मी । अन्र्तराष्ट्रिय पर्यटकीय स्थल लुम्बिनीमा सन २०१५ को नवम्भर महिनाको तुलनामा सन २०१६को नवम्भर महिनामा बिदेशी पर्यटकको आगमनमा क"/>

2026-10-28 03:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लुम्बिनीमा आन्तरिक पर्यटक बढे


प्रेम सुनार/मङ्सिर १९, गुल्मी । अन्र्तराष्ट्रिय पर्यटकीय स्थल लुम्बिनीमा सन २०१५ को नवम्भर महिनाको तुलनामा सन २०१६को नवम्भर महिनामा बिदेशी पर्यटकको आगमनमा कमी आएको छ ।  

लुम्बिनी बिकास कोष स्थित सूचनाशाखाले सार्बजनिक गरेको मासिक तथ्याँक अनुसार सन २०१५ को नवम्भरमा २२ हजार १६ जना बिदेशी पर्यटक लुम्बिनी भित्रिए ता पनि यस बर्षको नवम्भरमा १९ हजार ९४ जना बिदेशी पर्यटक मात्र प्रवेश गरेको कारण बिदेशी पर्यटकको आगमनमा कमी आएको हो ।

 बिदेशी पर्यटक घटे पछि कोषले सार्कराष्ट्रका नागरिक सँग एकसय र तेस्रो मुलुकका नागरिक सँग लिईदै आएको लुम्बिनी संरक्षण शुल्क पनि घटेको राजस्वशाखाले जनाएको छ ।

बिदेशी पर्यटकको आगमनमा कमी आए ता पनि यस बर्षको नवम्भर महिनामा श्रीलंकाले ६ हजार ८ सय ८६ जना थाईलैण्डले तीनहजार सात सय ५८ जना ,चाईनाले दुई हजार तीनसय ५९ जना,बढी पर्यटक पठाउने देशहरु मध्ये प्रथम,द्वतीय तृतीय र सान्तवना स्थान ओगटन सफल भएका छन । 

बुद्धजन्मस्थल लुम्बिनीमा बाहय पर्यटक घटेता पनि गतबर्ष नवम्भर महिनाको तुलनामा यस बर्षको नवम्भर महिनामा आन्तरिक पर्यटक आगमनमा बृद्धि भएको तथ्याँक मा उल्लेख छ । 

सन २०१५को नवम्भर महिनामा १२  हजार सातसय ७८ जना मात्र भारतीय पर्यटकको लुम्बिनी आगमन भएको हुदा सन २०१६ को नवम्भर महिनामा २८ हजार दुईसय ३० जना ईण्डियन नागरिक लुम्बिनी आएको तथ्याँकमा बताइएको छ । 

यसै गरि आन्तरिक पर्यटक मध्येकै नेपाली पर्यटकको आगमनमा उत्तिकै बृद्धि भएको छ ।

गत बर्ष नवम्भरमा १२ हजार ३९ जना पर्यटक मात्र लुम्बिनी आएकोमा यस बर्ष नवम्भरमा एक लाख ६६ हजार दुईसय ७७ जना नेपाली पर्यटक लुम्बिनी दर्शन गरेको तथ्याँकमा उल्लेख  रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ सुडानमा ड्रोन हमला: २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते मलेसियाको सूचीमा परेका २५ म्यानपावरमाथि विभागको छानबिन र अनुगमन सुरु ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला