प्रेम सुनार/मङ्सिर १९, गुल्मी । अन्र्तराष्ट्रिय पर्यटकीय स्थल लुम्बिनीमा सन २०१५ को नवम्भर महिनाको तुलनामा सन २०१६को नवम्भर महिनामा बिदेशी पर्यटकको आगमनमा क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रेम सुनार/मङ्सिर १९, गुल्मी । अन्र्तराष्ट्रिय पर्यटकीय स्थल लुम्बिनीमा सन २०१५ को नवम्भर महिनाको तुलनामा सन २०१६को नवम्भर महिनामा बिदेशी पर्यटकको आगमनमा क"/>

2026-09-01 10:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लुम्बिनीमा आन्तरिक पर्यटक बढे


प्रेम सुनार/मङ्सिर १९, गुल्मी । अन्र्तराष्ट्रिय पर्यटकीय स्थल लुम्बिनीमा सन २०१५ को नवम्भर महिनाको तुलनामा सन २०१६को नवम्भर महिनामा बिदेशी पर्यटकको आगमनमा कमी आएको छ ।  

लुम्बिनी बिकास कोष स्थित सूचनाशाखाले सार्बजनिक गरेको मासिक तथ्याँक अनुसार सन २०१५ को नवम्भरमा २२ हजार १६ जना बिदेशी पर्यटक लुम्बिनी भित्रिए ता पनि यस बर्षको नवम्भरमा १९ हजार ९४ जना बिदेशी पर्यटक मात्र प्रवेश गरेको कारण बिदेशी पर्यटकको आगमनमा कमी आएको हो ।

 बिदेशी पर्यटक घटे पछि कोषले सार्कराष्ट्रका नागरिक सँग एकसय र तेस्रो मुलुकका नागरिक सँग लिईदै आएको लुम्बिनी संरक्षण शुल्क पनि घटेको राजस्वशाखाले जनाएको छ ।

बिदेशी पर्यटकको आगमनमा कमी आए ता पनि यस बर्षको नवम्भर महिनामा श्रीलंकाले ६ हजार ८ सय ८६ जना थाईलैण्डले तीनहजार सात सय ५८ जना ,चाईनाले दुई हजार तीनसय ५९ जना,बढी पर्यटक पठाउने देशहरु मध्ये प्रथम,द्वतीय तृतीय र सान्तवना स्थान ओगटन सफल भएका छन । 

बुद्धजन्मस्थल लुम्बिनीमा बाहय पर्यटक घटेता पनि गतबर्ष नवम्भर महिनाको तुलनामा यस बर्षको नवम्भर महिनामा आन्तरिक पर्यटक आगमनमा बृद्धि भएको तथ्याँक मा उल्लेख छ । 

सन २०१५को नवम्भर महिनामा १२  हजार सातसय ७८ जना मात्र भारतीय पर्यटकको लुम्बिनी आगमन भएको हुदा सन २०१६ को नवम्भर महिनामा २८ हजार दुईसय ३० जना ईण्डियन नागरिक लुम्बिनी आएको तथ्याँकमा बताइएको छ । 

यसै गरि आन्तरिक पर्यटक मध्येकै नेपाली पर्यटकको आगमनमा उत्तिकै बृद्धि भएको छ ।

गत बर्ष नवम्भरमा १२ हजार ३९ जना पर्यटक मात्र लुम्बिनी आएकोमा यस बर्ष नवम्भरमा एक लाख ६६ हजार दुईसय ७७ जना नेपाली पर्यटक लुम्बिनी दर्शन गरेको तथ्याँकमा उल्लेख  रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली