2026-10-30 04:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

नेपालको पर्यटन विकासमा भारतीय कम्पनी शाइनीकाे चासाे :- बाह्य पर्यटक आउन उत्सुक छन्, सगरमाथा, लुम्बिन

चैत्र २८, भैरहवा | नेपालमा पर्यटकीय धेरै सम्भावना छ, सानो क्षेत्रफल भए पनि भरिपूर्ण अमूल्य प्राकृतिक सम्पदाले पर्यटनको विकासमा फड्को मार्न सकिन्छ । १२ वर्षदेखि होटल व्यवस्थापन क्षेत्रमा लागेका दिपक ठाकुरको चिन्ता पनि कसरी नेपालमा पर्यटन विकास गर्नेमा छ । पर्यटन व्यवसायमा समय व्यतित गरिरहेका उनको जन्मथलो भारत भए पनि नेपालको पर्यटन विकासमा उनको समय बित्ने गरेको छ । 

‘यहाँ धेरै सम्भावना छ, सगरमाथा, बुद्ध जन्मस्थल लुम्बिनी, मन्दिरै मन्दिर भएको देश र प्राकृतिक सम्पदा भरिपूर्ण छ, हामीलाई यसलाई भजाउन सकेका छैनौ,’  शाइनी होटल्स एन्ड रिसोर्टका सिइओसमेत रहेका ठाकुर भन्छन् । भारत, नेपालसहित विभिन्न ११ देशमा विगत १२ वर्षदेखि पर्यटन व्यवसाय गर्दै आएका ठाकुरले गत वर्षबाट रुपन्देहीको भैरहवामा रहेको चार तारे होटल बोधी रेडसनको पनि व्यवस्थापन र मार्केटिङ गरिरहेका छन् । चौधरी ग्रुपमा पनि केही समय होटल म्यानेजमेन्ट गरेका उनको चासो विदेशी र भारतीय पर्यटकलाई कसरी नेपाल ल्याएर यहाँको पर्यटन उठाउनेमा छ । 

‘नेपालमा भारतीय पर्यटक आउन उत्साहित छन्, कोभिडले शून्य अवस्थामा झरेको पर्यटन व्यवसाय विस्तारै उठिरहेको छ । स्किम र प्रचार प्रसार गरेको नेपालको पर्यटन क्षेत्रलाई उकास्ने यो राम्रो समय छ,’ ठाकुरले भने । नेपालका २५ बढी ठाउँमा सेल्स र मार्केटिङका साथै तीनवटा बुटिक होटलको व्यवस्थापनमा रहेको शाइनी होटल्स एन्ड रिसोर्टले व्यवस्थापन, सेल्स र बजार सबै आफैले तय गरी होटल सञ्चालन गरेको छ ।

भारतको ब्रान्ड कम्पनी शाइनीले भैरहवामा पाँच महिनादेखि व्यवस्थापन गर्दै आएको छ भने नेपालका दुईवटा होटलमा थप व्यवस्थापनको जिम्मा लिँदै छ । यसका साथै ६ वटा होटलको सेल्सको जिम्मा कम्पनीले लिएको छ । विशेष गरी सीमा क्षेत्रमा रहेका होटलहरुलाई लक्षित गरी शाइनीले चेन व्यवसायको रूपमा यसलाई परिस्कृत गर्ने र नेपाल भ्रमणमा आउने भारतीय तथा आन्तरिक पर्यटकलाई एकै प्रकारको सेवा उपलब्ध गराउने लक्ष्य रहेको जनाए ।

शाइनीले यसअघि काठमाडाैंको रुद्र भ्यु, मुनलाइट रिसोर्ट, गोल्डेन गेटलगायतका होटलमा आंशिक ब्यवस्थापनको काम हेरेका ठाकुरले जानकारी दिए । सीमा क्षेत्रमा भारतीय पर्यटकहरूका लागि अधिकतम पर्यटनको सम्भावना रहेको र भारतमा आफ्नो राम्रो पकड रहेकाले यसले नेपालका होटल तथा पर्यटन प्रवर्द्धनमा भूमिका खेल्ने ठाकुरको भनाइ छ ।

नयाँ वर्षको पूर्वसन्ध्यामा दुई हजार ७९ रुपैयाँमै भैरहवामा विशेष योजना पनि सार्वजनिक गरेको छ । नयाँ वर्षको अवसरमा म्युजिकल नाइटसहितको प्याकेजमा स्टे, व्रेकफास्ट र कम्प्लीमेन्ट्री डिंक्स पनि रहेको छ । १६ जनाको टिम रहेको व्यवस्थापन कम्पनीले पर्यटन क्षेत्रको सम्भावना, बजार, योजना र कम खर्चमा कसरी बढी उपयोग लिने विषयमा काम गर्ने गरेको छ । निश्चित प्रतिशत लिएर स्थानीय र भारतीय जनशक्तिलाई प्रयोग गरेर गुणस्तरीय सेवा दिने गरेको छ ।

सेवालाई गुणस्तरीय बनाउँदै व्यवसायलाई उच्च विन्दुमा पुर्‍याउने, सेवाग्राहीहरूको फिडव्याक लिएर मागअनुसारको सेवा दिने र भएको क्षमतालाई अधिकतम प्रयोग गर्ने लक्ष्य कम्पनीले राख्दै काम गरिरहेको छ । भैरहवामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल अबको केही समयमा सञ्चालनमा आइरहेको छ, मन्दिरकै देश भनेर चिनिने नेपालमा साहसिक पर्यटन पनि उत्तिकै छ जसका लागि आन्तरिक मात्रै होइन, भारतीय र तेस्रो मुलुकका पर्यटक पनि आउनका लागि आत्तुर रहेकाे पर्यटन व्यवसायी बताउँछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने रोमानिया र क्रोएसिया पठाउने भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह आज चार संसदीय समितिको बैठक बस्दै मोरङमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो ८ राउन्ड गोली, दुई भारतीय नागरिक घाइते चक्रवात ‘अर्नब’को प्रभाव शनिबार अपराह्नपछि घट्ने, आज पनि वर्षा र हिमपातको सम्भावना सुनको मूल्य एकैदिन तोलामा ३ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ एनपीएल: टस जितेर कर्णालीले विराटनगरविरुद्ध पहिले बलिङ गर्ने सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल एनपीएल: काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित चक्रवात ‘अर्नब’को प्रभाव: मुख्य राजमार्गमा पहिरोको जोखिम, यात्रा गर्दा सतर्क रहन आग्रह