2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

नेपालको पर्यटन विकासमा भारतीय कम्पनी शाइनीकाे चासाे :- बाह्य पर्यटक आउन उत्सुक छन्, सगरमाथा, लुम्बिन

चैत्र २८, भैरहवा | नेपालमा पर्यटकीय धेरै सम्भावना छ, सानो क्षेत्रफल भए पनि भरिपूर्ण अमूल्य प्राकृतिक सम्पदाले पर्यटनको विकासमा फड्को मार्न सकिन्छ । १२ वर्षदेखि होटल व्यवस्थापन क्षेत्रमा लागेका दिपक ठाकुरको चिन्ता पनि कसरी नेपालमा पर्यटन विकास गर्नेमा छ । पर्यटन व्यवसायमा समय व्यतित गरिरहेका उनको जन्मथलो भारत भए पनि नेपालको पर्यटन विकासमा उनको समय बित्ने गरेको छ । 

‘यहाँ धेरै सम्भावना छ, सगरमाथा, बुद्ध जन्मस्थल लुम्बिनी, मन्दिरै मन्दिर भएको देश र प्राकृतिक सम्पदा भरिपूर्ण छ, हामीलाई यसलाई भजाउन सकेका छैनौ,’  शाइनी होटल्स एन्ड रिसोर्टका सिइओसमेत रहेका ठाकुर भन्छन् । भारत, नेपालसहित विभिन्न ११ देशमा विगत १२ वर्षदेखि पर्यटन व्यवसाय गर्दै आएका ठाकुरले गत वर्षबाट रुपन्देहीको भैरहवामा रहेको चार तारे होटल बोधी रेडसनको पनि व्यवस्थापन र मार्केटिङ गरिरहेका छन् । चौधरी ग्रुपमा पनि केही समय होटल म्यानेजमेन्ट गरेका उनको चासो विदेशी र भारतीय पर्यटकलाई कसरी नेपाल ल्याएर यहाँको पर्यटन उठाउनेमा छ । 

‘नेपालमा भारतीय पर्यटक आउन उत्साहित छन्, कोभिडले शून्य अवस्थामा झरेको पर्यटन व्यवसाय विस्तारै उठिरहेको छ । स्किम र प्रचार प्रसार गरेको नेपालको पर्यटन क्षेत्रलाई उकास्ने यो राम्रो समय छ,’ ठाकुरले भने । नेपालका २५ बढी ठाउँमा सेल्स र मार्केटिङका साथै तीनवटा बुटिक होटलको व्यवस्थापनमा रहेको शाइनी होटल्स एन्ड रिसोर्टले व्यवस्थापन, सेल्स र बजार सबै आफैले तय गरी होटल सञ्चालन गरेको छ ।

भारतको ब्रान्ड कम्पनी शाइनीले भैरहवामा पाँच महिनादेखि व्यवस्थापन गर्दै आएको छ भने नेपालका दुईवटा होटलमा थप व्यवस्थापनको जिम्मा लिँदै छ । यसका साथै ६ वटा होटलको सेल्सको जिम्मा कम्पनीले लिएको छ । विशेष गरी सीमा क्षेत्रमा रहेका होटलहरुलाई लक्षित गरी शाइनीले चेन व्यवसायको रूपमा यसलाई परिस्कृत गर्ने र नेपाल भ्रमणमा आउने भारतीय तथा आन्तरिक पर्यटकलाई एकै प्रकारको सेवा उपलब्ध गराउने लक्ष्य रहेको जनाए ।

शाइनीले यसअघि काठमाडाैंको रुद्र भ्यु, मुनलाइट रिसोर्ट, गोल्डेन गेटलगायतका होटलमा आंशिक ब्यवस्थापनको काम हेरेका ठाकुरले जानकारी दिए । सीमा क्षेत्रमा भारतीय पर्यटकहरूका लागि अधिकतम पर्यटनको सम्भावना रहेको र भारतमा आफ्नो राम्रो पकड रहेकाले यसले नेपालका होटल तथा पर्यटन प्रवर्द्धनमा भूमिका खेल्ने ठाकुरको भनाइ छ ।

नयाँ वर्षको पूर्वसन्ध्यामा दुई हजार ७९ रुपैयाँमै भैरहवामा विशेष योजना पनि सार्वजनिक गरेको छ । नयाँ वर्षको अवसरमा म्युजिकल नाइटसहितको प्याकेजमा स्टे, व्रेकफास्ट र कम्प्लीमेन्ट्री डिंक्स पनि रहेको छ । १६ जनाको टिम रहेको व्यवस्थापन कम्पनीले पर्यटन क्षेत्रको सम्भावना, बजार, योजना र कम खर्चमा कसरी बढी उपयोग लिने विषयमा काम गर्ने गरेको छ । निश्चित प्रतिशत लिएर स्थानीय र भारतीय जनशक्तिलाई प्रयोग गरेर गुणस्तरीय सेवा दिने गरेको छ ।

सेवालाई गुणस्तरीय बनाउँदै व्यवसायलाई उच्च विन्दुमा पुर्‍याउने, सेवाग्राहीहरूको फिडव्याक लिएर मागअनुसारको सेवा दिने र भएको क्षमतालाई अधिकतम प्रयोग गर्ने लक्ष्य कम्पनीले राख्दै काम गरिरहेको छ । भैरहवामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल अबको केही समयमा सञ्चालनमा आइरहेको छ, मन्दिरकै देश भनेर चिनिने नेपालमा साहसिक पर्यटन पनि उत्तिकै छ जसका लागि आन्तरिक मात्रै होइन, भारतीय र तेस्रो मुलुकका पर्यटक पनि आउनका लागि आत्तुर रहेकाे पर्यटन व्यवसायी बताउँछन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक