कात्तिक ८, नयाँदिल्ली । भारतीय पूर्वी राज्य उडिसामा भएको प्रहरी कारबाहीमा परी कम्तीमा पनि १८ जना नक्सालवादी मारिएका छन् । 

सोमबार दिउँसो सो कारबाह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ८, नयाँदिल्ली । भारतीय पूर्वी राज्य उडिसामा भएको प्रहरी कारबाहीमा परी कम्तीमा पनि १८ जना नक्सालवादी मारिएका छन् । 

सोमबार दिउँसो सो कारबाह"/>

२०८३, ६ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रहरी कारबाहीमा ओडिसामा १८ माओवादी मारिए

२०७३, ८ कार्तिक सोमबार ११:३५

कात्तिक ८, नयाँदिल्ली । भारतीय पूर्वी राज्य उडिसामा भएको प्रहरी कारबाहीमा परी कम्तीमा पनि १८ जना नक्सालवादी मारिएका छन् । 

सोमबार दिउँसो सो कारबाही भएको बताइएको छ । कारबाहीका क्रममा दुईजना प्रहरी पनि घाइते भएका समाचारमा उल्लेख गरिएको छ । ओडिसाको मालकानगिरी नामक जङ्गलमा प्रहरी र नक्सालवादी लडाकूबीचमा दोहोरो गोली हानाहान भएको थियो । 

सोही क्रममा १८ जना नक्सालवादी मारिएका भारतीय प्रहरीले जानकारी दिएको छ । ओडिसाको सदरमुकाम भुवनेश्वरबाट प्रहरी र नक्सालवादी लडाकूबीचमा दोहोरो गोली हानाहान भएको जङ्गल करिब ६५० किलोमिटर दक्षिणपश्चिम क्षेत्रमा पर्दछ । 

आन्द्रप्रदेश र ओडिसाको संयुक्त विशेष प्रहरी बलले सो कारबाही गरेको थियो । उक्त संयुक्त बलमाथि सोमबार बिहानै नक्सालवादी लडाकूहरुले हमला गरेका थिए । 

हमलापछि ठूलो सङ्ख्यामा नक्सालवादी मारिएका जानकारी भारतीय प्रहरीले सोमबार बिहान नै दिएको थियो । 

भारतीय प्रहरीले सोमबार अपरान्ह सो झडपमा मारिने प्रहरीको सङ्ख्या १८ पुगेको जनाएका छन् । त्यसमा परी अरु पनि कैयौं प्रहरी घाइते भएका प्रहरीको भनाइ छ । 

उक्त जङ्गल क्षेत्रमा करिब ५० देखि ६० जना नक्सलाइट्स जम्मा भएका सूचनाको आधारमा सो जङ्गललाई घेराहाली प्रहरीले कारबाही थालेको थियो । 

तर प्रहरीको कारबाही सुरु हुनु अगावै नक्सलाइट्सले प्रहरीमाथि हमला थालेका थिए । यसअघि पनि सो जङ्गलमा ठूलो सङ्ख्यामा नक्सालवादी मारिएका थिए । नक्सालवादीलाई माओवादी पनि भन्ने गरिन्छ । 

भारतीय पूर्वी राज्यहरुमा सन् १९६७ देखि नै माओवादी आन्दोलन सुरु भएको हो । जमिनदारी प्रथाका विरुद्ध र गरिबहरुको हक अधिकारको स्थापनाका लागि भन्दै उनीहरुले भारतमा विगत लामो समयदेखि नै हिंसात्मक विद्रोह सुरु गरेका थिए । 

हालसम्म ती विद्रोहीका कारण सयौं नागरिकको ज्यान गइसकेको छ । प्रहरीले खोजी र कारबाहीको काम जारी नै राखेका छन् । रासस÷ सिन्ह्वा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ प्रतिनिधि सभाको बैठक शुरू सुनचाँदीको मूल्य घट्यो अब अनलाइन माध्यमबाटै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु प्रधानन्यायाधीशको शपथ ६:१० बजे दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता मन्त्रीपरिषद बैठक सुरु नक्कली लालपुर्जा बनाएर जग्गा पास गराउन खोज्ने तीन जना पक्राउ विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ : सांसद खरेल सरकारको नीति गरिब होइन, गरिबी भगाउने हुनुपर्छ: विष्णुमाया बिक प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक सुन-चाँदीको मूल्य बढ्यो विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय घुस लिएको अभियोगमा नायब सुब्बाविरुद्ध मुद्दा दायर नेप्सेमा सामान्य गिरावट स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी एमाले सचिवालय बैठक जारी