2026-06-24 08:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीको हवाई कारबाहीमा परी १४ सर्वसाधारण मारिए

पुस १२, एडेन (रासस/एएफपी) | युद्धले आक्रान्त भएको यमनको तेस्रो शहर ताइज नजिकै भएको साउदी अरेबियाआवद्ध हवाई आक्रमणमा कम्तीमा १४ सर्वसाधारणको मृत्यु भएको छ । 

ताइज शहरको उत्तर पूर्वी स्थानमा रहेको अल हैमा गाउँमा हुथी विद्रोहीलक्षित यो हवाई कारबाही गरिएको तर गलत स्थानमा पर्न गएको जनाइएको छ । सरकारी र अस्पताल स्रोतले बुधबार सो हवाई कारबाहीको जानकारी दिएको छ । 

गत मङ्गलबार भएको हवाई कारबाहीमा पनि ११ विद्रोहीको मृत्यु हुनुका साथै अन्य १६ जना सर्वसाधारण घाइते भएको साउदी अरेबियाको समर्थन रहेको सरकार समर्थित एक स्थानीय अधिकारीले जानकारी दिएको छ । 

ताइजमा साउदी अरबियाको समर्थन रहेको सरकारको सुरक्षा बलले बारम्बार हवाई कारबाही गर्दै आएको छ । 

गृहयुद्धका कारण तहसनहस भएको यमनको पश्चिमी भागमा साउदी अरेबियाआवद्ध हवाई आक्रमणमा २२ हुथी विद्रोही मारिएको बताइएको छ । 

सो हवाई कारबाही हुथीको बलियो प्रभाव रहेको रक्त सागर तटीय क्षेत्र होदइदामा भएको जनाइएको छ । 

सन् २०१५ को मार्च महिनाबाट तत्कालीन सरकारको समर्थन गर्दै साउदी अरेबियाले यमनमा हवाई कारबाही शुरु गरेको थियो । उक्त कारबाही हालसम्म पनि जारी रहेको छ । 

गत सोमबार होदेइदाको दक्षिण भागमा भएको हवाई कारबाहीमा परी ५३ विद्रोही र १२ सरकारी सैनिकको मृत्यु भएको थियो । 

सन् २०१५ को मार्च महिनाबाट साउदी अरेबियाआवद्ध संयुक्त सेनाले गरेको कारबाहीमा परी ८ हजार ७५० व्यक्तिको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनद्वारा प्रकाशित तथ्याङ्कमा बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते गृहमन्त्री सुधन गुरुङविरुद्ध उजुरी दर्ता बेलायती प्रधानमन्त्री स्टार्मरले गरे राजीनामा दिने घोषणा संसदभित्र प्रतिपक्षीको आवाज भनेको तपाईंहरूको आवाज हो: भीष्मराज आङ्देम्बे