2026-06-24 01:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ६५ पुग्यो

2018-06-05

जेठ २२, ग्वाटेमाला | ग्वाटेमालमा भएको भीषण ज्वालामुखी विस्फोटमा परी ज्यान गुमाउनेको सङ्ख्या ६५ पुगेको छ । 


राजधानी शहरनजिकै अवस्थित स्थानमा एक शताव्दियताकै शक्तिशाली विस्फोट भएको पुष्टि गरिएको छ । उक्त स्थानमा यस वर्षमात्र दुई पटकसम्म ज्वालामुखी विस्फोट भएको अधिकारीहरुले जनाएका थिए । 

फोएगो ज्वालामुखी भन्दा तल रहेका भिरालो क्षेत्रमा थप शवहरू फेला परेका भए तापनि र दर्जनौँ मानिसहरू हराइरहेका उल्लेख गरिएको छ । मध्य अमेरिकी देश ग्वाटेमालाको विपद्सम्बन्धी निकायले उक्त जानकारी दिएको छ । 

ग्वाटेमाला सिटीभन्दा ३५ किलोमिटर पर रहेको उक्त क्षेत्रमा तीव्र वेगमा तातो खरानी र लाभाबाट जोगाउने क्रममा चार हजार भन्दा बढी व्यक्तिलाई उद्धार गरिएको जनाइएको छ । 

उद्धार गरी सुरक्षित स्थानमा पु¥याइएका कैयौं व्यक्तिहरूले आफ्ना आफन्त हराइरहेका बताएका छन । 

त्यसमा परी अरु करिब ४६ व्यक्ति घाइते भएका र ती मध्ये प्रायःको अवस्था चिन्ताजनक भएको बताइएको छ । 

आइतबार राति भएको यस प्रकोपमा परी कम्तीमा पनि १७ लाख व्यक्ति प्रभावित भएका बताइएको छ । ती मध्ये ३ हजार २७१ व्यक्तिलाई १ हजार ७८७ शरणार्थी स्थलमा सारिएको बताइएको छ । 

सुरुमा यस प्रकोपमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या २५ भएको बताइएको थियो । पछि सो सङ्ख्या बढेर ६५ पुग्यो अझै पनि व्यक्ति हराइरहेका र घाइते मध्ये पनि कैयौको अवस्था चिन्ताजनक भएको मृतकको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ । 

यहाँको सेना र प्रहरीले उद्धारको काम जारी राखेका छन । उनको सहयोगमा ठूलो सङ्ख्याका स्थानीयलाई पनि अन्यत्रै सारिएको छ । 

उद्धारकर्ताका उक्त पहाडी क्षेत्रमा अकस्मात ज्वालामुखीको गतिविधि बढेको र खरानीको मुस्लोका कारण दिउँसोको नै रातिको दश बजे जस्तो लागेको बताएका छन् । 

ज्वालामुखी विज्ञ जेनिन क्रिपनरले फोएगो एकदमै सक्रिय ज्वालामुखी भएको त्यहाँ खुकुलो प्रकृतिका ज्वालामुखीबाट निस्कने बस्तुहरू रहेका बताउनु भएको छ । 

उहाँले भीषण पानी परेको अवस्थामा यस्ता ज्वालामुखीबाट एकदमै ठूलो परिमाणमा भग्नावशेष र चट्टानसहितको भेल बाहिर बग्ने गर्छ जुन एकदमै खतरनाक र घातक हुनसक्ने पनि थप जानकारी दिनु भएको छ ।(रासस/एएफपी)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते गृहमन्त्री सुधन गुरुङविरुद्ध उजुरी दर्ता बेलायती प्रधानमन्त्री स्टार्मरले गरे राजीनामा दिने घोषणा संसदभित्र प्रतिपक्षीको आवाज भनेको तपाईंहरूको आवाज हो: भीष्मराज आङ्देम्बे