2026-06-24 08:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा पनि कोरोनाभाइरसको सक्रमणबाट एकको मृत्यु

2020-03-01

फागुन १८, एजेन्सी | अमेरिकामा पनि कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ | उक्त भाइरसको सक्रमणबाट ज्यान गुमाएको यो पहिलो घटना हो | वासिंगटनमा करिब ५० बर्षिय एक व्यक्तिको मृत्यु भएको अमेरिकी अधिकारीहरुले जनाएका छन् |

यसअघि, क्यालिफोर्निया, ओरेगनमा पनि कोरानाप्रभावित क्षेत्रमा यात्रा नगरेका र त्यस्ता क्षेत्रको यात्रा गरेर आएकाहरुसँग सम्पर्क नरहेकामा पनि यस भाइरसको संक्रमण देखिएको भन्दै स्वास्थ्य अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् |

उक्त भाइरसको संक्रमण फैलन नदिन वासिङ्टनका गर्भनर जे इन्सलेले राज्यमा आपत्कालको घोषणा गरेका छन् | कोरोनाभाइरस संक्रमणका थप बिरामीहरु देखापर्ने सम्भावना रहेको भए पनि यसका लागि अमेरिका तयार रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् |

अमेरिकाले इरान यात्रा कडाइ गरेको छ भने इटाली,दक्षिण कोरिया यात्रा नगर्न भनेको छ | हालसम्म ५७ देशहरुमा ८५ हजारभन्दा बढी यस भाइरसका संक्रमित फेला परेका छन् भने ३ हजारभन्दा बढीले ज्यान गुमाइसकेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले जनाएको छ |

चिनको हुब्रे प्रान्तबाट फैलिएको कोरोनाभाइरसले विश्वभरी महामारीको रुप लिएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते गृहमन्त्री सुधन गुरुङविरुद्ध उजुरी दर्ता बेलायती प्रधानमन्त्री स्टार्मरले गरे राजीनामा दिने घोषणा संसदभित्र प्रतिपक्षीको आवाज भनेको तपाईंहरूको आवाज हो: भीष्मराज आङ्देम्बे