2026-06-24 08:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मास्क प्रयोगबारे नयाँ खुलासा: संक्रमण नफैलन कति प्रभावकारी ?

जेठ ७, काठमाडौँ (एजेन्सी) |  एक नयाँ अध्ययनले मास्कको प्रयोगबाट संक्रमण फैलने दर निकै कम हुने देखाएको छ । यसअघि स्वास्थकर्मीले पनि यस्तै दाबी गरेका थिए । 

हङकङमा गरिएको एक अध्ययनले सर्जिकल मास्क प्रयोगले स्वासप्रश्वास सम्बन्धी छिटा र हावाका कणहरुमार्फत कोरोना फैलने दरमा ७५ प्रतिशतसम्म कमी ल्याउनसक्छ । एकअर्काबीच सम्पर्क नभएको अवस्थामा यो कुरा लागू हुन्छ । 

‘यो खोजीले विश्व र सर्वसाधारणलाई देखाएको छ कि कोरोना भाइरस महामारीविरुद्ध मास्क लगाउनुको प्रभाव अत्यन्तै ठूलो छ,’ २००३ मा सार्स भाइरस पत्ता लगाउन सहयोग गरेका हङकङ विश्वविद्यालयका माइक्रोबायोलोजिस्ट डाक्टर युयन कोक युङले भने । विश्व स्वास्थ संगठन (डब्ल्युएचओ) ले मास्क प्रयोगबारे महिनौंसम्म परस्पर विरोधी सूचना दिएपछि यो टोलीको नयाँ निष्कर्ष सार्वजनिक भएको हो ।

डब्ल्युएचओले स्वास्थ्य सेवास्थलबाहिर यसको प्रभावकारीताबारे प्रश्न उठाउँदै आएको छ, यता बेला र अमेरिकासहितका केही देशका सरकारले सुरुवातमा स्वास्थकर्मीको प्रयोगका लागि मास्क छाडिदिन आफ्ना जनतासँग आग्रह गरेका थिए । तर पछि गएर उनीहरुले यु–टर्न लिदैं मास्कको फराकिलो प्रयोगलाई प्रोत्साहन गरे ।  

हङकङ विश्वविद्यालयले गरेको यसप्रकारको पहिलो अध्ययनमा दुईवटा पिन्जडामा (हेम्सटर्स) मुसालाई राखिएको थियो – एउटामा संक्रमित मुसाको समुह र अर्को स्वस्थ्यलाई ।

अनुसन्धानकर्ताले तीन फरक अवस्था सिर्जना गरेका थिए – केवल संक्रमित मुसालाई मात्र मास्क लगाइदिने, केवल स्वस्थ मुसालाई मास्क लगाइदिने र कसैलाई मास्क नलगाइदिने । यी दुई पिन्जडाबीच पंखा राखिएको थियो, जसले ती मुसाहरुबीच हावाबाट कणहरु फैलाउथ्यो। 

मास्क नै नलगाएको अवस्थामा ६६ दशमलव ७ प्रतिशत मुसाहरु एक साताभित्र संक्रमित भएको पाइयो । जब संक्रमितको पिन्जडा मास्कले ढाकियोे, तब यो संक्रमण दर  १६ दशमलव ७ प्रतिशतमा झर्यो । जब स्वस्थ मुसाको पिन्जडामा मात्रै मास्क लगाइयो, तब संक्रमण बढेर ३३ प्रतिशतमा पुग्यो । 

मास्क लगाउँदा पनि संक्रमित भएका मुसामा समेत मास्का नलगाइ संक्रमित भएका मुसाको दाँजोमा शरीरमा कम भाइरस देखिएको अनुसन्धानकर्ताले भेटेका छन् । ‘हाम्रो प्रयोगमा यो धेरै स्पष्ट  देखिएको छ कि मानिस हुन् वा मुसा, लक्षण नदेखिने हुन् वा लक्षण देखिने नै, मास्क लगाएमा उनीहरुले अन्य व्यक्तिको सुरक्षा गर्न सक्छन् । हामीले यहाँ प्रदर्शन गरेको बलियो नतिजा यही हो,’ युइनले भने । 

‘विशेषगरी जब संक्रमित मानिसले सर्जिकल मास्क प्रयोग गर्छन्, तब ५० प्रतिशतले संक्रमण कम गर्न सकिन्छ,’ उनले भने । 

हैम्यस्टर्स प्रजातीको मुसामा मानिससँग मिल्दोजुल्दो इन्जमाइम रेसिप्टर्स हुन्छ, त्यसैले नै अध्ययनका लागि परीक्षणका क्रममा यही जनावर प्रयोग गरिएको थियो । कुल ५२ हैम्यस्टर्सलाई यस अध्ययनमा प्रयोग गरियो । 

‘यो चरणसम्म हामीसँग सुरक्षित र प्रभावकारी भ्याक्सिन छैन । त्यसैले सामाजिक दुरीको मापदण्ड र मास्क प्रयोग नै अझै व्यवहारिक रुपमा कायम छ,’ युइनले भने । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते गृहमन्त्री सुधन गुरुङविरुद्ध उजुरी दर्ता बेलायती प्रधानमन्त्री स्टार्मरले गरे राजीनामा दिने घोषणा संसदभित्र प्रतिपक्षीको आवाज भनेको तपाईंहरूको आवाज हो: भीष्मराज आङ्देम्बे