असोज १६, कपिलवस्तु । कुष्ठरोग रोकथामका लागी आइतबार कपिलवस्तुमा १२६ जनालाई औषधी खुवाइएको छ ।

गजेहडा स्वास्थ्य चौकी क्षेत्र भित्र रहेका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज १६, कपिलवस्तु । कुष्ठरोग रोकथामका लागी आइतबार कपिलवस्तुमा १२६ जनालाई औषधी खुवाइएको छ ।

गजेहडा स्वास्थ्य चौकी क्षेत्र भित्र रहेका"/>

2026-09-16 12:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा १ सय २६ जनालाई कुष्ठरोग सर्न नदिने औषधी खुवाइयो


असोज १६, कपिलवस्तु । कुष्ठरोग रोकथामका लागी आइतबार कपिलवस्तुमा १२६ जनालाई औषधी खुवाइएको छ ।

गजेहडा स्वास्थ्य चौकी क्षेत्र भित्र रहेका हरिहरपुर ,चम्कीपुर,डुँगहवा लगायत स्थानका कुष्ठरोग संक्रमित घरपरिवारका सदस्य हरु र छिमेकी घरपरिवारका सदस्य हरुलाई कुष्ठरोग लाग्न नदीने रिफ्यामपिसीन नामक औषधी खुवाइएको हो । यो औषधीले स्वस्थ व्यक्तिमा संक्रमित बाट रोग सर्ने सम्भावना २ बर्षका लागी ६० प्रतिशत ले कम गर्ने गर्दछ ।

उक्त औषधी खाइसकेपछि कुष्ठरोग आफुमा सर्ने संभावना  निकै कम भएको डुँगहवाका मदन मल्ल ले बताउनु भयो । सरकारले कपिलवस्तुका कुष्ठरोग अति प्रभावित १० स्वास्थ्यचौकी क्षेत्रभित्रका बस्तिहरुमा औषधी खुवाउन सुरु गरेको छ ।

सोमबार डुँगहवाको छुटेको बस्ती, गजेहडा, सिउटी र कर्माहानामा औषधी खुवाइनेछ । गजेहडा स्वास्थ्य चौकी का सिनियर अहेव अधिकृत कमल ज्ञवाली,कृष्ण प्रसाद घिमिरे र स्थानिय महिला स्वास्थ्य स्वयमसेवीका हरुको सक्रियतामा औषधी खुवाइएको थियो । कुष्ठरोग , क्षयरोग संक्रमित व्यक्ति र गर्भवति महिला ले खान नहुने उक्त औषधी खाएको अर्काे दिन पिसाव रातो देखिने बाहेक अरु असर नहुने अधिकृत ज्ञवालीले बताउनुभयो ।

कुष्ठरोग नियन्त्रण का लागी सरकार र विश्व स्वास्थ्य संगठनले तोकेको संक्रमण दर हरेक १० हजारमा एक भन्दा कममा झार्ने लक्ष्य रहेकोमा कपिलवस्तुमा कुष्ठरोग संक्रमित संख्या त्यसभन्दा पनि अझ घट्ने स्वास्थ्य कर्मिहरुको दावी छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल