दलसिंह गिरी/असोज १७, कालिकोट । जिल्ला पशुसेवा कार्यालय कालिकोटले आज एक कार्यक्रमको आयोजना गरी ५ करोड ३८ लाख ९५ हजार लागत बराबरको बार्षिक कार्यक्रम सार्वजनिक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/असोज १७, कालिकोट । जिल्ला पशुसेवा कार्यालय कालिकोटले आज एक कार्यक्रमको आयोजना गरी ५ करोड ३८ लाख ९५ हजार लागत बराबरको बार्षिक कार्यक्रम सार्वजनिक"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

पशुसेवाका लागि ५ करोड ३८ लाख ९५ हजार लागत बराबरको कार्यक्रम सार्वजनिक

१७ आश्विन २०७३, सोमबार ११:५७


दलसिंह गिरी/असोज १७, कालिकोट । जिल्ला पशुसेवा कार्यालय कालिकोटले आज एक कार्यक्रमको आयोजना गरी ५ करोड ३८ लाख ९५ हजार लागत बराबरको बार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । 

जिल्ला पशुसेवा कार्यालयबाट आर्थिक बर्ष २०७३।०७४ मा संचालन हुने बार्षिक कार्यक्रमको सार्वजनिकिकरण गर्दै कार्यालयले ५ करोड ३८ लाख ९५ हजार लागत बराबरको कार्यक्रम सार्वजनिक गरेको हो ।

प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार खड्काको प्रमुख आथित्यता, जिल्ला विकास समितिका प्रतिनिधि नरजंग शाहीको अध्यक्षता, जिल्लामा क्रियाशिल राजनैतिक दल, सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि, पत्रकाहरुको उपस्थितिमा संचालित कार्यक्रममा बार्षिक कार्यक्रमबारे प्रकास पार्दै जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा.ब्रजकिशोर ठाकुरले ६ वटा कार्यक्रमहरु पशु सेवा प्रसार कार्यक्रम, कर्नाली अंचल पशु बिकास आयोजना, कृषि तथा खाद्य सुरक्षा आयोजना, ब्यबसायीक बाख्रा प्रबद्र्धन राष्ट्रिय अभियान कार्यक्रम, पशु आहारा सेवा कार्यक्रम र पशु स्वास्थ्य रोग अन्बेषण सेवा तथा क्वारेन्टाईन कार्यक्रमहरु मार्फत जिल्लामा रहेका पशु ब्यशायीहरुको स्तर उन्नती तथा न्यून आय भएका समुदायहरुलाई पशुपालन ब्यवशाय मार्फत आर्थिक उन्नती बढाउने उद्देश्यले यी कार्यक्रम लागु भएको बताउनु भएको छ ।

प्रस्तुत कार्यक्रमबारे आफ्नो धारणा राख्दै कार्यक्रमका सहभागिहरुले पशुसेवा सम्बन्धी संचालित कार्यक्रम एकदमै महात्वकांक्षि भएकाले यसलाई एउटा औपचारीताको रुपमा मात्र संचालन गर्ने नभै सार्थक र प्रतिफल आउने खालको गतिविधि संचालन कार्यालयलाई गर्न आग्रह गरेका छन् । यसका लागि आआफ्नो क्षेत्रबाट के सहयोग तथा समन्वय गर्न पर्ने हो त्यो गर्न सबै तयार रहेको सहभागिहरुले प्रतिवद्धता समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार