दलसिंह गिरी/असोज १८,  कालिकोट । विगत केही बर्ष यता जिल्लामा भएको उच्च खडेरीले खाध्य असुरक्षा भइ पोषणमा आएको गिरावटका कारण साना बालबालिका, गर्भवती तथा स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/असोज १८,  कालिकोट । विगत केही बर्ष यता जिल्लामा भएको उच्च खडेरीले खाध्य असुरक्षा भइ पोषणमा आएको गिरावटका कारण साना बालबालिका, गर्भवती तथा स"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

पौष्टिक आहारका लागि कालिकोटमा प्रति महिना ३ केजीका दरले लिटो वितरण हुदै

१८ आश्विन २०७३, मंगलवार ११:५२


दलसिंह गिरी/असोज १८,  कालिकोट । विगत केही बर्ष यता जिल्लामा भएको उच्च खडेरीले खाध्य असुरक्षा भइ पोषणमा आएको गिरावटका कारण साना बालबालिका, गर्भवती तथा सुत्केरी महिलाहरुको स्वास्थ्यमा परेको असरलाई मध्यनजर गरी कालिकोटमा पौष्टिक आहार कार्यक्रम लागु भएको छ । 

विश्व खाध्य सहयोग कार्यक्रमको आर्थिक तथा मनहरी विकास संस्था नेपालको सहयोग जिल्ला स्वास्थ्य कार्यालय कालिकोटको आयोजनामा यो कार्यक्रम लागु भएको हो ।

एक औपचारीक कार्यक्रमको आयोजना गरी जिल्ला स्वास्थ्य कार्यालयले पौष्टीक आहार कार्यक्रम सोमबारबाट सञ्चालनमा ल्याएको छ । 

जिल्लाका ३० वटै गाविसमा ४ महिना नियमित संचालन हुने कार्यक्रममा ६ महिना देखि २३ महिना सम्मका बालबालिका, सुत्केरी र गभवती महिलाहरुका लागि पौष्टिक आहार प्रति महिना ३ केजी का दरले वितरण हुने जिल्ला स्वास्थ्य कार्यालय पोषण कार्यक्रमका फोकल पर्शन कटक बहादुर महतले जानकारी दिनु भएको छ ।

तत्काल दशै अगाडी जिल्लाका मान्म, दाहा राचुली जुविथा र भर्ता गाविसमा सोमबारबाट पौष्टिक आहार वितरण कार्यक्रम लागु भएको र बाकी गाविसमा दशै सकिए लगतै सुरु गरिने कार्याक्रमका फोकल पर्शन महतले जनाउनु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय कालिकोटले दिएको तथांक अनुसार हाल जिल्लाभर ६ महिना देखि २३ महिनाका बालबालिका ५ हजार रहेको गर्भवतीको संख्या ३ हजार ७ सय ५८ र सुत्केरीको संख्या ३ हजार १ सय ८७ जना रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू