कपिलवस्तु १८ असौज । कपिलवस्तुको भक्तौलीमा २ जना संकास्पद नयाँ कुष्ठरोगका विरामी फेला परेका छन ।
कुष्ठरोग सर्न बाट रोक्ने रिफ्यामपिसीन नामक औषधी वितरण को क्रममा भक्तौलीमा मंगलबार २ जना कुष्ठरोग संक्रमित र दुइजना क्षयरोग संक्रमित विरामी फेला परेका हुन ।
कपिलवस्तुका कुष्ठरोग अति प्रभावित १० स्वास्थ्य चौकी क्षेत्र मा सरकारले कुष्ठरोग रोकथामका लागी प्रभावित घर परिवारका सदस्य र छिमेकी घर परिवारका सदस्यहरुलाई औषधी खुवाइरहेको छ ।
गजेहडा स्वास्थ्य चौकी क्षेत्र अन्तरगत बुधबार विहान ७ बजे राजापानी र विहान १० बजे गंगौलीमा रिफ्यामपिसीन खुवाउने कार्यक्रम रहेको गजेहडा स्वास्थ्य चौकी का सिनियर अहेव अधिकृत कमल ज्ञँवाली ले बताउनु भयो ।