मनिष गुप्ता | असाेज २१, कपिलवस्तु । कपिलवस्तु जिल्लाकाे बहादुरगंज गाविस ३ सुखरामपुरमा रागाँको अक्रामणले २२ बर्षीय कृष्णलाल यादवको जान गएकाे छ ।
रागाँको गाेठालाेमा पुगी खानेकुरा दिदै गर्दा रागाँले अक्रमण गरेकाे स्थानियहरूले बताउछन । रागाँकाे अक्रामण बाट गम्भीर घाइते यादवलाई उपचारका लागि शिवराज अस्पताल बहादुरगंज ल्याईयाे र थप उपचारका लागि भैरहवा पठाईएकाे अस्पतालले जनकारी दिएकाे छ । भैरहवा मै उपचारको क्रममा यादवकाे जान गएकाे निरहु यादवले जनकारी दिनु भएको छ ।