असोज २२, कपिलवस्तु । फूलमती यादवको विहे भएको १२ वर्ष भयो । यादव दुई वर्षीय छोरी ममतासहित दुई वर्षदेखि माइती  कपिलवस्तुको शिवराज नगरपालिका खरेन्द्रपुरमा बस्दै आएकी "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज २२, कपिलवस्तु । फूलमती यादवको विहे भएको १२ वर्ष भयो । यादव दुई वर्षीय छोरी ममतासहित दुई वर्षदेखि माइती  कपिलवस्तुको शिवराज नगरपालिका खरेन्द्रपुरमा बस्दै आएकी "/>
2026-09-16 12:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

फूलमतीलाई कसले दिने न्याय ?

असोज २२, कपिलवस्तु । फूलमती यादवको विहे भएको १२ वर्ष भयो । यादव दुई वर्षीय छोरी ममतासहित दुई वर्षदेखि माइती  कपिलवस्तुको शिवराज नगरपालिका खरेन्द्रपुरमा बस्दै आएकी छिन् । 

उनको विवाह सानैमा भयो पछि गौना भएको हो । मधेशमा सानैमा विहे गरे पुण्य प्राप्ता हुन्छ भन्दै सानैमा विहे अनि केही वर्षपछी गौना गर्ने चलन रहेको छ ।

फूलमतीको विवाह शिजराज नगरपालिक १३ विशनपुरका राम फेरन यादवका छोरा बब्बु यादवसँग भएको हो ।

बब्बु यादव पढेलेखका छन् तर फुलमती निरक्षर छिन । बब्बु यादव र उनका परिवारले अशिक्षित भन्दै बाह्र वर्षअघि विवाह गरेर ल्याएकी बुहारीलाई हेयका दुष्टिले हेरेको फूलमती बताउँछिन् । उनका पति बब्बु यादव बैदेशिक रोजगारको सीलसीलामा दुवाई जाने,आउने गर्छन ।

वैदेशिक रोजगारीबाट आएका समयमा फूलमतीका दाइ प्रभु यादल बहिनीलाई पनि सँगै लान आग्रह नगरेका होइनन् । तर बब्बुले भने पढलेख नगरेकी छैन भन्दै वैदेशिक रोजगारीमा लान मात्र होइन घर परिवारमै राख्न अस्विकार गर्दै आएका छन् ।

विवाह गर्दा मागेजति दाइजो माइतीले दिएको फूलमतीले बताइन् । उनले भनिन्, ‘ विवाहमा दाइजो पनि माइतीले दिएका हुन्, तर अहिले मलाई घरमा बस्न दिएका छैनन्, म वेशाहरा बने’ उनले भनिन्,’मलाई कसले न्याय दिलाइदिन्छ ।’

उसोत फूलमतीका दाई प्रभु यादवले महिला हक अधिकारको पक्षमा काम गर्नेसंस्थाहरुमा बहिनीको विषयमा जानकारी नगराएका होइनन् । तर, कोही उनको पक्षमा बोल्न तयार भएनन् ।

खरेन्द्रपुर सोमई धोबी भन्छन्,  फुलमतीको बारेमा तीन पटक वडा प्रहरी कार्यलय चन्द्रौटामा समेत छलफल भयो । पहिलो पटक त मैले घर लैजान्छु भन्दै सहमति  गरे उनका श्रीमान बब्बुले ।

तर केही दिनमै उनलाई घरमा बस्न नसक्ने वातावरण बनाइयो र पुन माइतीको शरणमा पुगिन् फूलकुमारी ।

केही हप्ता पछी उनलाई पुनं  इलाका प्रशासन कार्यलाय चन्द्रौटा बोलाइयो पहिले नगारिकता बनाउने छोरीको जन्मदार्ता बनाउनेका लागि पत्र बनाएर फेरी वडा प्रहरी कार्यालय चन्द्रौटामा बोलाइयो ।

इलाका प्रशासनको पत्र अनुसार प्रहरीले उनको श्रीमानलाई पनि हाजिर गराएको थियो ।  विशनपुरका एमालेका नेता र काग्रेसका  स्थानिय नेताहरुको भनाइमा अब कुटपिट नगर्ने भनेरै कागाज पत्र बनाउने अनि कागाज पत्र बनेपछी विशनपुर लैजानृ भनेर सहमती भयो । त्यसको अर्का दिने  इलाका प्रशासन कार्यलायमा फुलमती र उनका दाजु प्रभु प्रशासन कार्यलाय पुगे त्यहा उनको श्रीमान पक्षको कोही पनि हाजिर भएनन् ।

फूलकुमारीका माइती पक्षले बब्बुले अर्को विवाह गर्न लागेका कारण आफ्नी बहिनीलाई हेला गरेको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल