कात्तिक ५, कपिलवस्तु । कपिलवस्तुमा जिविस द्धारा टेण्डर गराइएका खोला भन्दा प्रतिबन्धीत नाका हरुबाट नदिजन्य पदार्थको अबैध चोरी निकासी तिव्र हुने गरेको बताइएको छ ।
बाणगंगा , कोइली लगायतका ठाँउबाट ट्रयाक्टर मार्फत रातीमा अबैध तरिकाले ढुंगा , गिट्टी ,बालुवाको चोरी हुने गरेको हो ।
त्यसरी अबैध माल निकासी हुँदा जिविस द्धारा ठेक्का संचालित स्थानका ठेकेदार ले भने घाटा व्यहोर्नुपरेको गुनासो गरेका छन । जिल्ला को भलवार्ड ,खारखानी लगायतका स्थानमा राजस्व तिरीएको करौडौँ मुल्यको ठेक्का स्वतः घाटामा जाने ठेकेदार मेगनाथ पौडेलको भनाइछ । ट्रयाक्टर ले चोरेको माल विक्रि गर्दा हाम्रो बैधानिक ठेक्कानै धरापमा परेको छ उँहाले भन्नुभयो ।
उता कपिलवस्तुका स्थानिय विकास अधिकारी चन्द्रकान्त न्यौपानेले आफुकँहा त्यसप्रकारका कुनैपनि उजुरी तथा जानकारी नआएको र सुचना प्राप्त भए तुरुन्त रोकथाम तथा अबैध चोरी निकासीमा संलग्न लाई कारबाही हुने बताउनु भयो ।
साथै उँहाले ठेक्का लागेको बनक्षेत्रमा प्रति क्युफिट ३ रुपैँया र त्यसबाहेक २ रुपैँया कायम रहेको र त्यसभन्दा बढी पैसा लिएको पाइएमा तुरुन्त उजुरी दिन समेत अनुरोध गर्नुभएको छ । नदिजन्य पदार्थ अबैध चोरी भएको भनिएको बाणगंगा नदिको उत्तर र दक्षिण १ किलोमिटर सम्म ठेक्का नखुलाइएको पनि न्यौपानेले जानकारी दिनुभयो ।