मनिष गुप्ता/कात्तिक ८, कपिलवस्तु । परेका छन् । मोटरसाइकल चोरीका घटना बढेपछि वडा प्रहरी कार्यालय चन्द्रौटाकाे स्टीङ्ग अपरेसन टिम ले चोरहरुलाई चाेरी गरि भग्ने"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मनिष गुप्ता/कात्तिक ८, कपिलवस्तु । परेका छन् । मोटरसाइकल चोरीका घटना बढेपछि वडा प्रहरी कार्यालय चन्द्रौटाकाे स्टीङ्ग अपरेसन टिम ले चोरहरुलाई चाेरी गरि भग्ने"/>

2026-10-31 07:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

मोटरसाइकल चोरी गर्दा गर्दै दुई चोर रङ्गेहात पक्राउ


मनिष गुप्ता/कात्तिक ८, कपिलवस्तु । परेका छन् । मोटरसाइकल चोरीका घटना बढेपछि वडा प्रहरी कार्यालय चन्द्रौटाकाे स्टीङ्ग अपरेसन टिम ले चोरहरुलाई चाेरी गरि भग्ने क्रममा रङ्गेहात पक्राउ परेका छन।

सूचना प्रविरधि तथा निगरानीका आधारमा खटिएका प्रहरी टोलीले आइतबार विहान साढे ३ बजेको समयमा कपिलवस्तु  जिल्लाको शिवराज नगरपालिका १ उमरीचोकबाट मोटरसाइकल सहित चोरहरुलाई पक्राउ गरेका थिए । पक्राउ पर्ने चाेरहरूमा दाङ जिल्लाको लमही नगरपालिका २, विद्युतडाँडा बस्ने देबेन्द्र लामाको छोरा १८ वर्षीय सन्तोष लामा र सोही ठाउँका देवप्रसाद थारुका छोरा २१ वर्षीय लक्ष्मण थारु चौधरी रहेका छन् ।

शिवराज नगरपालिका–१०, लक्ष्मीटोलका केशबहादुर सिंजाली थापाको घरको बरामदामा लक गरी राखेको लु ८ प ४६९३ नम्बर १८० सीसीको कालो रङ भएकाे पल्सर मोटरसाइकल रातिको समयमा लक तोडेर चोरी गरी लैजाने क्रममा सिभिल ड्रेसका प्रहरी टोलीले पक्राउ गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक झविन्द्र भट्टराईले जानकारी दिए ।

पक्राउ परेका अभियुक्तलाई मुलुकी ऐन चोरीको महल अनुसार अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरी निरीक्षक भट्टराईले बताए । मोटरसाइकल टोपबहादुर थापाको नाममा दर्ता रहेको प्रहरीले जनाएको छ ।

यसैबीच चेकजाँच गर्ने क्रममा वडा प्रहरी कार्यालयले एक सातामा ५ ओटा कागज पत्र नभएकाे मोटरसाइकल नियन्त्रणमा लिएको छ । जसमध्ये २२० सीसीको रातो र कालो रङको दुई ओटा पल्सर, १५० सीसीको कालो र निलो रङको दुईओटा पल्सर र १५० सीसीको कालो रङको एउटा अपाचे मोटरसाइकल रहेका छन् । प्रहरीले बेवारिसे तथा अनुसन्धानका क्रममा नियन्त्रणमा लिई प्रहरी परिसरमा जम्मा गरी राखेको छ ।

चन्द्रौटा क्षेत्रबाट अहिलेसम्म ८ ओटा मोटरसाइकल चोरी भइसकेका छन् । जसमा बेचन गुप्ताको लु १६ प ५०७४, पदम ढकालको लु १३ प ५५५४, सिराज खान डाक्टरको लु २० प ९४१७, विष्णु हमालको लु १८ प २३९८, तिलक गैरेको लु १२ प ४७७७, अनिरुद्र सापकोटाको लु २६ प ७६०४, आरएन खानको लु २२ प ९४३९ नम्बरको निलो रङको पल्सर मोटरसाइकल र टोप बहादुर थापाको लु ८ प ४६९३ नम्बरको मोटरसाइकल चोरी भएका छन् । चोरी भएकामध्ये विष्णु हमाल र टोपबहादुर थापाको मोटरसाइकल फेला परिसकेको छ ।

केही समय यता चन्द्रौटा क्षेत्रमा मोटरसाइकल चोरीका घटनाहरु बढ्न थालेपछि वडा प्रहरी कार्यालयले विशेष गस्ती अभियान संचालन गरेको छ । प्रहरीले संचालन गरेको अपरेसनका क्रममा अहिले प्रमाण नभएका मोटरसाइकल धमाधम पक्राउ पर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय