२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

नगरपालिका बनेपछि गाविस भवन प्रयोगविहीन

९ कार्तिक २०७३, मंगलवार ०८:५६

कात्तिक ९, कपिलवस्तु । शिवराज नगरपालिका भित्रका अधिकांश गाविस भवन प्रयोगविहीन भएका छन् । चनई, वीरपुर, शिवपुर, विशनपुर र जौवभारी गाविस मिलेर शिवराज नगरपालिका बनेपछि अधिकाश गाविस भवन प्रयोगविहीन भएका हुन् । 

वीरपुर र शिवपुरका गाविस भवन प्रयोगमा आएपनि नगरपालिकाले हेरचाह नगर्दा करोडाँैको सम्पत्ति प्रयोगविहीन बनेका छन् । 

चनई गाविसको कार्यालायमा स्थानीयवासीको गाईबस्तु आराम गर्ने थलो बनेको छ भने जवभारी गाविस भवन खण्डहरका रुपमा परिणत हुँदै गएको छ । विशनपुरको गाविस भवन पनि प्रयोगविहीन अवस्थामा छ । 

नगरपालिकाले चन्द्रौटालाई मात्र केन्द्र मानेपछि अन्य क्षेत्रको विकास पनि पछि परेको शिवराज नगरपालिका–३ खरेन्द्रपुरका रमेश यादव बताउनुहुन्छ । 

शिवराज नगरपालिका र राजनीतिक दलका प्रतिनिधिले चनई, विशनपुर र जौवभारीको भवन प्रयोगमा ल्याउन पटक पटक आश्वासन दिए पनि हालसम्म कुनै पहल नगरेको स्थानीयवासीको आक्रोश छ । 

यस्तै कपिलवस्तुको कृष्णनगर नगरपालिकाको शिवानगर र सिर्सिहवा गाविस भवन प्रयोगविहीन भएकोे छ । कृष्णनगर नरपालिकाले वडा कार्यालय स्थापना गर्ने अश्वासन दिए पनि तीन वर्षदेखि प्रयोगविहीन अवस्थामा छ । 

वडा कार्यालय स्थापना नहुँदा सानो सानो कामका लागि पनि नगरपालिका धाउनुपर्ने बाध्यता रहेको सिर्सिहवाका मुक्तेश्वर मिश्र बताउनुहुन्छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ