2026-09-22 06:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अमेरिकाले हसिनासँग मागेको ‘सेन्ट मार्टिन टापु’, जुन ब्रिटिसकाे पनि कब्जामा थियाे

साउन २८, ढाका | सेन्ट मार्टिन टापु, जसलाई लिएर बंगलादेशको राजनीतिमा धेरै हंगामा मच्चिएको छ ।

के तपाईलाई थाहा छ, यो टापु मात्र ३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । र, म्यानमारबाट यसको दूरी मात्र ५ माइल टाढा छ। 

ढाका ट्रिब्यूनका अनुसार यो टापु १८ औं शताब्दीमा अरब व्यापारीहरूले बसाएको थिए । उनीहरुले यसको नाम ‘जजिरा’ राखेका थिएँ । त्यसपछि ब्रिटिस सरकारले कब्जा गर्यो।

चटगाउँका उपायुक्तको नाममा यस टापुको नाम ‘सेन्ट मार्टिन’ टापु राखिएको थियो। यस टापुलाई बंगाली भाषामा ‘नारिकेल जिन्जिराु’ (नारियल टापु) वा दारुचिनी द्वीप (दालचीनी द्वीप) भनिन्छ। यो बंगलादेशको एकमात्र कोरल टापु हो।

पर्यटनका अलावा यो टापु व्यापारका लागि पनि महत्त्वपूर्ण छ। यस टापुमा ९ वटा गाउँ छन्, जसमा करिब ३ हजार ७ सय मानिस बस्छन् । उनीहरुको पेशा माछा मार्ने, धान र नरिवल खेती हो । यहाँका किसानहरूले आफ्नो उत्पादन नजिकैको देश म्यानमारका मानिसहरूलाई बेच्छन्।

भौगोलिक अवस्थिति महत्वपूर्ण छ, यहाँबाट चीन–भारत अनुगमन गर्न सकिने जनाईएको  छ । सेन्ट मार्टिनको भौगोलिक स्थान धेरै महत्त्वपूर्ण छ। डेली स्टारका अनुसार यदि कुनै देशले सेन्ट मार्टिनमा सैन्य अड्डा बनाउँछ भने यसले मलाक्का स्ट्रेट नजिकैको किनार प्राप्त गर्नेछ। चीनले यातायातका लागि यो मार्ग प्रयोग गर्दै आएको छ । यो टापु चीन र म्यानमारमा नजर राख्न मात्र होइन, भारतले यहाँबाट के गरिरहेको छ भनेर जान्न पनि प्रयोग गर्न सकिन्छ।

चाखलाग्दो कुरा के छ भने म्यानमारले पनि सेन्ट मार्टिन टापुमाथि दाबी गरेको छ । सन् १९३७ मा म्यानमार ब्रिटिस शासनबाट अलग भए पछि पनि यो टापु ब्रिटिस इन्डियाको हिस्सा रह्यो। सन् १९४७ मा भारतले स्वतन्त्रता पाएपछि पनि बेलायतले यस टापुमा आफ्नो नियन्त्रण कायम राखेको थियो। तर, केही समयपछि पाकिस्तानले नियन्त्रणमा लिएको थियो ।

सन् १९७१ मा पाकिस्तान अलग भएपछि बंगलादेशले यस टापुमाथि आफ्नो नियन्त्रण कायम गरेको थियो । द डेली स्टारको रिपोर्ट अनुसार सन् १९७४ मा बंगलादेश र म्यानमार दुबैले सेन्ट मार्टिन टापुमा बंगलादेशको नियन्त्रण रहने सहमति गरेका थिए ।

सन् २०१८ मा म्यानमारले आफ्नो आधिकारिक नक्सामा ‘सेन्ट मार्टिन टापु’ लाई आफ्नो भागको रूपमा घोषणा गरेको थियो। तर, बंगलादेशको आपत्तिपछि परराष्ट्र मन्त्रालयले आफ्नो गल्ती स्वीकार गर्दै यो नक्सा हटाएको थियो । यसअघि पनि धेरै पटक म्यानमारका सेनाले यस क्षेत्रमा बंगलादेशी नागरिक माथि आक्रमण गरिसकेका छन् ।

रिपोर्टका अनुसार रोहिंग्याहरूले म्यानमारबाट भागेर बंगलादेश छिर्नका लागि पनि उक्त टापु प्रयोग गर्ने गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केन्द्रीय समितिमा ८० प्रतिशतभन्दा बढीले ओलीको प्रतिवेदन समर्थन गरे : महेश बस्नेत कालोबजारी नियन्त्रण गर्न सरकार निर्मम बन्नुपर्छ : रमेश प्रसाईं सांसदहरूलाई सभामुख अर्यालको निर्देशन : प्रतिनिधि सभा मर्यादित र उत्कृष्ट बनाऔँ श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ शहीदका लागि न्याय खोज्न संसदमा आएकी हुँ, पदको लालचले होइन : सांसद खतिवडा दोषीलाई पक्राउ गर्न नसके कुर्सीमा किन बसिराख्ने? सरकारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुन सक्दैन : सांसद थपलिया बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित