पढ्न करिब 1 मिनेट लाग्छ

साउन २८, काठमाडौँ ।  बंगलादेशमा प्रदर्शनकारीहरूले हिन्दूहरूमाथि हुने आक्रमण रोक्न आवश्यक कदम चाल्न माग गरेका छन्।

उनीहरुले अल्पसंख्यकको हितको रक्षा गर्न छुट्टै मन्त्रालयको माग समेत गरेका छन्। प्रदर्शनकारीहरुले बंगलादेशको संसदमा १० प्रतिशत सिट दिनुपर्ने बताएका छन् ।

आन्दोलनकारीले हिंसाबाट प्रभावितलाई क्षतिपूर्तिको पनि माग गरेका छन् । यसका साथै भत्किएका मन्दिरहरू पुनःनिर्माण गर्न पनि माग गरिएको छ ।

आन्दोलनकारीले ‘आफू यही देशमा जन्मेको हौं, यो हाम्रा पुर्खाहरूको भूमि हो। यो देश पनि उनीहरुको हो । यहाँ मारिए पनि उनले आफ्नो जन्मभूमि बंगलादेश छोड्ने छैनन् । बरु, आफ्नो अधिकारका लागि सडकमा उत्रिनेछन् ।’