२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हसिनाले हटाईदिएकी थिइन हिन्दी फिल्ममाथिको ५१ बर्ष लामाे प्रतिबन्ध

२०८१, २९ श्रावण मंगलवार ०९:३७

साउन २९,  ढाका | शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि बंगलादेश अहिले चर्चामा रहेको छ । 

शेख हसिना उनै थिइन, जो बंगलादेशमा १९७१ को प्रतिबन्ध पछि हिन्दी फिल्म रिलिजको बाटो खोलिदिने व्यक्ति हुन्। वास्तवमा बंगलादेशले सन् १९७१ मा नै भारतीय फिल्मको प्रदर्शनमा प्रतिबन्ध लगाएको थियो ।

शेख हसिनाले २०२३ मा यो प्रतिबन्ध हटाउने काम गरेकी थिइन् किनभने त्यहाँको फिल्म उद्योग निकै कमजोर अवस्थामा थियो । शाहरुख खानको फिल्म ‘पठान’ ५१ वर्ष लामो प्रतिबन्ध पछि बंगलादेशमा रिलिज भएको पहिलो हिन्दी फिल्म हो ।

बंगलादेशी फिल्म उद्योगको कुरा गर्दा यसलाई ढलिउड भनिन्छ। यस उद्योगको चलचित्र राजधानी ढाका हो। भारतमा हरेक वर्ष औसत २ हजार फिल्म बन्छन् भने बंगलादेशमा मात्रै वर्षमा ७०–१०० फिल्म बन्छन् ।

९० को दशकमा हरेक बंगलादेशी फिल्महिन्दी फिल्मको नक्कल हुन्थ्यो । दर्शकलाई हलमा आकर्षित गर्न सन् २००० पछि चलचित्रकर्मीले पनि अश्लील चलचित्रको सहारा लिएका थिए, जसका कारण चलचित्र क्षेत्र सिमान्तमा परेको थियो र त्यसबाट हालसम्म पनि उम्कन सकेको छैन् ।

बंगलादेशमा एक हजारभन्दा बढी थिएटर बन्द 

स्वतन्त्रता पछि  बंगलादेश सरकारले १९७१ मा निर्णय गर्यो– कुनै पनि विदेशी फिल्मलाई आफ्नो देशमा देखाउन अनुमति नदिने। स्थानीय चलचित्रलाई त्यहाँ प्रवर्द्धन गर्ने सरकारको निर्णयको तर्क थियो तर यो निर्णय उल्टो भयो ।

सन ८०–९० को अवधिमा बंगलादेशमा दर्शकलाई मनोरञ्जन दिने खालका चलचित्र बन्न सकेनन् । त्यतिबेला ढलिउडमा नक्कल गर्ने चलन चलेको थियो । लगभग हरेक फिल्म हिन्दी फिल्मबाट नक्कल गरेर बनाइएको थियो। निर्माताहरू केवल बंगाली फिल्महरू थिएटरहरूमा चलाई रहन चाहन्थे।

मनी कन्ट्रोल रिपोर्टका अनुसार बंगलादेशमा विगत २० वर्षमा एक हजारभन्दा बढी थिएटर बन्द भएका छन् । अधिकांश सिनेमा हल मालिकहरूले आफ्ना थिएटरहरूलाई सपिङ सेन्टर वा अपार्टमेन्टमा परिणत गरेका छन्। यस्तो अवस्थामा २० साल देखी फिल्मतर्फ जनताको ध्यान कसरी खिच्ने भन्ने समस्या निर्मातालाई परेको थियो ।

९० को दशकमा बंगलादेशमा करिब १५०० सिनेमा हल थिए तर बासी बङ्गाली फिल्मका कारण दर्शक थिएटर जान छाडेका थिए । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !