2026-07-27 08:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

गठ्ठाघर दुर्घटना: सुरुमा मृतकलाई किन महिला भनियो?

साउन ३२, काठमाडौँ  । भक्तपुरको गट्ठाघरमा बिहीबार दिउँसो ट्रकको ठक्करबाट ज्यान गुमाउने स्कुटर चालक महिला हो कि पुरुष भनेर छुट्याउनै प्रहरीलाई झण्डै पाँच घण्टा लागेको छ। 

बिहीबार दिउँसो १ बजेर ४० मिनेट जाँदा गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटरमा सवार एक व्यक्तिको मृत्यु भएपछि सुरुमा भक्तपुर प्रहरीले मृतक महिला भएको विवरण सार्वजनिक गरेको थियो। 

तर, साँझ ६ बजेपछि मात्रै दुर्घटनामा ज्यान गुमाउने व्यक्ति महिला नभएर पुरुष भएको निष्कर्षमा  प्रहरी पुगेको हो। जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारीसमेत रहेका डीएसपी राजन कार्कीले झण्डै पाँच घण्टपछि मात्रै मृतक पुरुष भएको निष्कर्षमा आफूहरु पुगेको बताए।  

दुर्घटनामा ज्यान गुमाउने व्यक्ति महिला हो कि पुरुष भनेर छुट्याउनै प्रहरीलाई किन त्यत्रो समय लाग्यो त? यो प्रश्नमा डीएसपी कार्कीले भने, ‘शव क्षतविक्षत अवस्थामा थियो। चिन्न सक्ने अवस्थामा थिएन। त्यहीबेला एकजना व्यक्ति आएर मृतक आफ्नी बहिनी भएको बताएपछि हामीले मृतक महिला भएको विवरण सार्वजनिक गरेका थियौँ।’

उनले मृतकको एउटा खुट्टा बाहेक शरीरको कुनै पनि भाग सग्लो नहुँदा पनि सनाखतमा समस्या भएको बताए। 

‘खुट्टा हेर्दा महिलाको जस्तो देखिन्थ्यो। चप्पल पनि महिला/पुरुष दुवैले लगाउन मिल्ने खालको थियो,’ कार्कीले थप प्रष्ट पार्दै भने, ‘सुरुवाल पनि महिलाले लगाउने टाइट खालको थियो। त्यही भएर हामीले सुरुमा मृतक महिला भएको अनुमान लगाएका थियौँ।’

दुर्घटना हुने बित्तिकै त्यहाँ लफडा सुरु भएकाले पनि राम्ररी शव हेर्न नपाउँदा अनुमान गलत भएको उनले प्रष्ट पारे। 

‘दुर्घटना हुनेबित्तिकै त्यहाँ लफडा सुरु हुन थालिहाल्यो। हामीले लाशतिर ध्यान दिन पनि पाएनौँ। लाश राम्ररी हेर्न पनि पाइनौँ,’ कार्कीले भने, ‘अनुसन्धानको टोली गएर लाशलाई ओल्ट्याउने, पल्टाउने गरेपछि मात्रै मृतक महिला नभएर पुरुष भएको निष्कर्षमा हामी पुगेका हौँ।’

दुर्घटनास्थलको अवस्था शान्त भएपछि मात्रै प्रहरीको अनुसन्धान टोली घटनास्थलमा पुगेको थियो।  

‘अनुसन्धानको टोली नआइ हामीले लाशलाई ओल्टाउने-पल्टाउने कुरा हुँदैनथ्यो,’ कार्कीले भने, ‘त्यही बेला एक व्यक्तिले मृतक आफ्नी बहिनी भएको दाबी गरेपछि मिडियामा गलत विवरण गयो।’

बिहीबार साँझ घटनास्थलको सीसीटीभी फुटेज हेरेपछि मात्रै प्रहरी मृतक पुरुष भएको निष्कर्षमा पुगेको हो। 

‘सीसीटीभी फुटेज हेर्दा दुर्घटना हुनुभन्दा एक मिनेटअघि कौशलटारबाट गट्ठाघरतिर आउँदै गरेको त्याे स्कुटरमा पुरुष सवार थिए,’ कार्कीले भने, ‘त्यही स्कुटर केही बेरमै गठ्ठाघरको दुर्घटनामा परेको कारण मृतक पुरुष भएको निष्कर्षमा हामी पुगेका हौँ।’

मृतकको साथमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) पनि फेला परेको पनि कार्कीले बताए। 

‘मृतकको साथमा नाम उत्तम कोइराला, ठेगाना ओखलढुंगा रातमाटे- ५ लेखिएको सवारी लाइसेन्स फेला परेको छ,’ डीएसपी कार्कीले भने, ‘तर, कतिपयले अर्काको लाइसेन्स बोकेका पनि हुनसक्छन्। आफन्त आएर सनाखत गरेपछि मात्रै मृतकको विषयमा हामी निश्चित हुन्छौँ।’ 

उनले ट्राफिक प्रहरीले चेकिङ गरिरहेको स्कुटरलाई ट्रकले ठक्कर दिएको भन्ने कुरा गलत भएको पनि बताए।

‘घटनास्थलभन्दा झण्डै सय मिटर अगाडि मात्रै ट्राफिक प्रहरीको चेकिङ थियो। ५ जना ट्राफिक ड्युटीमा थिए,’ डीएसपी कार्कीले भने, ‘ट्राफिकले स्कुटर र ट्रक दुवै सवारीलाई रोकेकै थिएन। घटनास्थल भन्दा निकै अगाडि मात्रै ट्राफिक थिए। ट्रकलाई स्कुटरले ओभरटेक गर्दा बाँया साइटबाट गर्यो। ट्रकको पछाडिको चक्कामा स्कुटर परेपछि घटना भएको हो।’

त्यो स्कुटर आफैँ लरबरिएर ट्रकको चक्कामा परेको हो वा कुनै सवारीले हुत्याइदिएको हो, अनुसन्धानपछि मात्रै खुल्ने उनले बताए। 

बिहीबार दिउँसाे बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिने ना ६ ख २१७३ नम्बरको  ट्रकका चालक सर्लाही मलंगवा नगरपालिका- २ घर भएका ३२ वर्षीय सतेन्द्र श्रेष्ठलाई प्रहरीले गए राति नै पक्राउ गरिसकेको छ। दुर्घटना लगत्तै भने उनी फरार थिए। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ