2026-09-22 04:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

थामेमा बाढी : विद्यालयसहित १४ बढी घर बगायो, ७ वटा जोखिममा (अपडेट)

साउन ३२,  काठमाडौँ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे भन्ने ठाउँमा आएको बाढीको कारण १४ वटाभन्दा बढी घर बगाएको छ। 

सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी (सीडीओ) देवी पाण्डे (खत्री) ले दिएको जानकारी अनुसार, विद्यालय १, क्लिनिक १, व्यक्तिगत घर ७ र होटल ७ वटा पूर्ण रुपमा क्षति भएको छ। अन्य ७ वटा घरहरू जोखिममा रहेको जानकारी आएको उनले नेपालखबरलाई बताइन्।

त्यस्तै, उनले एउटा छात्रावास पनि बगेको जानकारी दिइन्।

‘अहिले नदीको सतह केही घटेको खबर आएको छ,’ उनले भनिन्, ‘हेलिकप्टर पठाउनका लागि पनि प्रयास गर्दैछौँ। तर, मौसम अत्यन्तै प्रतिकुल बन्दै गइरहेको छ।’

उनका अनुसार, नेपाली सेनाको टोली घटनास्थलमा पुगेर उद्धार थालिसकेको छ भने नेपाल प्रहरी र सशस्त्रको टोली पनि पुग्दैछ।

शुक्रबार बिहान पौने २ बजे आएको बाढीका कारण २० बढी घर पुरिएको अनुमान गरिएको छ। यद्यपि थप विवरण संकलन हुने क्रम जारी रहेको प्रहरीले बताएको छ।

बाढीका कारण दूधकोसी नदीमा ठूलो बाढी आएको छ। दूधकोसी नदी सोलुखुम्बु र खोटाङको सिमा भएर बग्ने नदी हो।

खुम्बु पासाङ ल्हामु, माप्य दूधकोसी गाउँपालिका, सोताङ, थुलुङ दूधकोसी र नेचा सल्यान गाउँपालिका लगायतका नदी किनारका क्षेत्रमा क्षति पुग्नसक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शहीदका लागि न्याय खोज्न संसदमा आएकी हुँ, पदको लालचले होइन : सांसद खतिवडा दोषीलाई पक्राउ गर्न नसके कुर्सीमा किन बसिराख्ने? सरकारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुन सक्दैन : सांसद थपलिया बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी