भदौ २, काठमाडौँ । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा एक इन्जिनियर मृत फेला परेका छन् । रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ७ का चन्द्रु अधिकारी चौरजहारी वडा नम्बर २ मा आफ्नै कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नवराज पोखरेलका अनुसार ३८ वर्षीय इन्जिनियर आज मध्यान्न १२ बजेतिर आफ्नै कोठामा मृत फेला परेको जानकारी प्राप्त भएको बताउनुभयो ।
अधिकारीले आत्महत्या गरेकाे जस्ताे देखिएकाे र थप अनुसन्धान चलिरहेकाे उहाँले बताउनुभयाे । अधिकारी भाडामा बस्दै आएको कोठाको पङ्खामा झुन्डिएको अवस्थामा फेला परेको उहाँको भनाई छ । इन्जिनियर अधिकारी केही वर्ष देखि चौरजहारीमा बस्दै आएको बताइएको छ । घटनाको बारेमा अधिकारीको घरमा जानकारी गराइएको र शवलाई आवश्यक प्रक्रियाका लागि पोस्टमार्टमका लागि लैजाने तयारी भइरहेको डिएसपी पोखरेलले बताउनुभयो ।