2026-07-27 07:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

वैदेशिक रोजगार विभागका महानिर्देशकको सरुवा

भदौ २, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार विभागका महानिर्देशकको सरूवा गरेको छ । हालका महानिर्देशक डण्डुराज घिमिरेको सरुवा गरेको हो । उनको ठाउँमा हालै गृहमन्त्रालयबाट सरूवा भएर आएका सह–सचिव सुर्यबहादुर खत्रीलाई विभागमा पठाएको छ ।

२०८० पुस १३ गते मन्त्रालयको प्रवक्ताको जिम्मेवारीमा रहेका घिमिरेलाई विभागको महानिर्देशक बनाएर पठाएको थियो । महानिर्देशक भएर गएको ८ महिनाकै घिमिरेको सरूवा गरिएको हो ।

खत्री यसअघि जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारी थिए । त्यहाँबाट उनको गृह मन्त्रालयमा सरूवा गरिएको थियो । मन्त्रिपरिषद्को गत बिहीबार बसेको बैठकले खत्रीलाई गृहबाट श्रम, रोजगार तथा सामाजिक सुुरक्षा मन्त्रालयमा सरूवा गरेको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ