2026-09-22 04:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पोखरा महानगरको स्पष्टीकरण : बालेनको गीत गाउँदा कर्मचारी सरुवा गरिएको होइन

भदौ ३,  कास्की । काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहको प्रशंसा गर्दै गीत गाउँदा सरुवा गरेको आरोप लागेपछि पोखरा महानगरपालिकाले स्पष्टीकरण दिएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै महानगरको नियमित सरुवा प्रक्रियालाई अतिरञ्जित गरिएको जनाएको हो ।

बालेनको प्रशंसा गर्दै गीत गाउँदा पोखरा महानगरले दुर्गम क्षेत्रमा सरुवा गरेको एक महिला कर्मचारीले आरोप लगाएकी थिइन् । एक टेलिभिजन कार्यक्रममा महानगरको सामाजिक विकास महाशाखामा कार्यरत सातौं तहकी अधिकृत चन्द्रावती वाग्लेले आफूलाई बालेनको प्रशंसामा गीत गाएका कारण सरूवा गरिएको दाबी गरेकी थिइन् ।

महानगरले हालैमात्र उनलाई सामाजिक महाशाखाबाट वडा नं. २३ मा सरुवा गरेको छ । वाग्लेले सामाजिक विकास महाशाखामा आएको ३ महिनामै आफूलाई महानगरले बद्‌नियतपूर्वक सरुवा गरेको दाबी गरेकी हुन् । उनले राजश्व धेरै उठ्ने सहरी वडामा छैठौं तहकै कर्मचारी भए पनि आफूलाई दुर्गम ठाउँमा सरुवा गरेको बताएकी छन् ।

‘तीजको समयमा सधैं गीत निकाल्छु । अहिले बालेनको गीत निकालेपछि सरुवा भयो भन्ने हल्ला छ । तर हाकिम साबले मलाई केही भन्नु भएको छैन’, उनले भनेकी छन्, ‘अरु जिम्मेवार साथीहरुले चाहिँ भन्नुभएको छ । मैले पनि त्यही बुझेको छु, नत्र मेरो अपराध के छ ?’

वाग्लेले बालेनको प्रशंसा गरेर गीत गाउँदा सरुवा गरेको आरोप लगाएपछि महानगरले आफ्नो ध्यानाकर्षण भएको जनाएको हो । महानगरले वाग्लेमात्र नभई नियमानुसार ४२ जना कर्मचारीलाई सरुवा गरिएको जनाएको छ ।

महानगरका प्रवक्ता मोति तिमिल्सिना हस्ताक्षरित उक्त विज्ञप्तिमा कार्यालयले नियमानुसार गरेको कर्मचारी सरुवाको विषयलाई विषयान्तर गरी भइरहेको भ्रामक प्रचार भएको दाबी गरिएको छ ।

‘यस कार्यालयले गरेको कर्मचारी सरुवा कुनै व्यक्ति वा गीतसङ्गीत प्रति लक्षित नभएको स्पष्ट पार्दै यस प्रकारका मनोगत एवं भ्रमपूर्ण टिप्पणीहरूको पोखरा महानगरपालिका खण्डन गर्दछ’, विज्ञप्तिमा भनिएको छ, आफ्नो जिम्मेवारी र कर्तव्यलाई मनन गरी कार्यक्षेत्रमा खट्नुहुने राष्ट्रसेवक कर्मचारीहरू माथि कुनै पनि प्रकारको भेदभाव र दुराग्रह नराखिएको तथा नराखिने समेत स्पष्ट पार्दछ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शहीदका लागि न्याय खोज्न संसदमा आएकी हुँ, पदको लालचले होइन : सांसद खतिवडा दोषीलाई पक्राउ गर्न नसके कुर्सीमा किन बसिराख्ने? सरकारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुन सक्दैन : सांसद थपलिया बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी