2026-07-27 07:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मधेसका सबै विद्यालय बन्द गर्ने प्रभु साहको चेतावनी

भदौ ४, रौतहट । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले मधेसमा विधार्थीको अनुपातमा शिक्षकको व्यवस्था नगरे सम्पूर्ण विद्यालयहरु बन्द गर्ने चेतावनी दिएका छन् । 

रौतहटको गुजरा नगरपालिकाको खतवहियामा आज आजपाद्धारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै साहले यस्तो चेतावनी दिएका हुन् । विधार्थीको अनुपातमा शिक्षकको व्यवस्था सरकारले मधेसमा नगरेको बताउँदै यसबारेमा सरकार गम्भिर नभएको उनले बताए । 

‘मधेसको बिद्यालयमा बिद्यार्थीको चाप बढी छ । तर विधार्थीको अनुपातमा यहाँ शिक्षकको व्यवस्था सरकारले गरेको छैन । विधार्थीको अनुपातमा यहाँ बिषयगत र तहगत शिक्षकको व्यवस्था गराउँन सरकारको हामीले पटक पटक ध्यानाकर्षण गरायौं तर सरकार गम्भिर छैन्’ आजपा अध्यक्ष साहले भने, ‘अब यस्तै हुने र यसैगरी चल्ने अवस्था भएन् । हामी चुप लागेर बस्दैनौं । सरकारले यथासिघ्र विधार्थीको अनुपातमा शिक्षकको व्यवस्था नगरे बाध्य भएर हामी सबै विद्यालय बन्द गरेर आम शैक्षिक हडतालमा उत्रिन्छौं ।’ 

हिजोको विरासत मधेसको राम्रो भएको र अरुलाई शिक्षा दिने मधेस आज किन पछाडी पर्यो भन्ने प्रश्न गर्दै साहले मधेस मानव विकास सूचांकमा पछाडी पार्ने काम सिंहदरबारमा बसेर लुटमचाउँनेले गरेको आरोप लगाए । मधेसवादी दलका नेताहरु लुटतन्त्रको व्यापारमा लागेको र सिंहदरबारले मधेसलाई समृद्ध बनाउँन नचाहेको बताउँदै साहले अब शैक्षिक आम हडतालको बिकल्प नभएको बताए । 

शिक्षा ऐनको मापदण्डअनुसार तराई मधेसमा ५० विद्यार्थीमा १ शिक्षक हुनुपर्ने, पहाडमा ४० विद्यार्थी बारबर १ शिक्षक, हिमालमा ३५ विद्यार्थी बराबर १ शिक्षक हुनुपर्ने प्रावधान रहेको छ । यो मापदण्ड निर्धारण गर्दा नै विभेदकारी रुपमा निर्धारण गरिएको छ । तर पनि यो मापदण्ड अनुसार तराई मधेसमा शिक्षकको व्यवस्था मन्त्रालयले गरेको छैन् । 

मधेसको शिक्षाप्रति चिन्तित रहेका साहले विगतदेखी नै मधेसको बिकास, समृद्धि, सचेतनाको बारेमा चासो राख्दै आएका छन् । राज्यको कुदृष्टिले मधेस कुरुप बनेको र मधेसवादी दलका भ्रष्ट चरित्रका कारण मधेस बदनाम भएको बताउँदै मधेसको बिकास, समृद्धिका लागि यहीका युवाहरु अग्रमोर्चामा आउँनुपर्ने बताए । 

शिक्षकको व्यवस्था गर, विधार्थीलाई गुणस्तरीय शिक्षा देउ भन्ने सुझाव दिदा समेत सरकारले नसुन्ने र मनपरी गर्ने कामले आम जनता दुखित भएको बताउँदै उनले सरकारलाई सडकबाटै जवाफ दिनुपर्ने समय आईसकेको बताए । 

मधेसमा विधार्थीको अनुपातमा शिक्षकको व्यवस्था गर्नुपर्ने माग गर्दै रौतहटको मौलापुरकी मेयर रिना कुमारी साहले केही समय पहिला शिक्षा मन्त्री विद्या भट्टराईलाई ध्यानाकर्षण पत्र बुझाएकी थिईन् । सिंहदरबारमै पुगेर मेयर साहले मन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउँदा समेत अहिले सम्म मन्त्रालयले केही नगरेको आजपा केन्द्रीय सदस्य तथा लेखक डा. हेमप्रसाद साह बताए । 

आजपाको स्थानीय नेता सैतूलाहको अध्यक्षतामा भएको कार्यक्रममा आजपाका उपाध्यक्ष एवं पुर्वसांसद मा सामिना हुसेन, महासचिव त्रिभुवन साह, स्थाई कमिटी सदस्यहरु लालबाबु मंसूरी, नरेश तुराहा, चन्देश्वर बैठा, लखिन्द्र साह लगायतको विशेष सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ