१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

अभिनेत्री पूजालाई समीक्षाको चेतावनी- फिल्म चलाउन मलाई बारम्बार प्रहार नगर्नुस्

१८ भाद्र २०८१, मंगलवार ०८:००

भदौ १८, काठमाडौँ । गायिका समीक्षा अधिकारीले फिल्म चलाउन आफूलाई बारम्बार प्रहार नगर्न अभिनेत्री पूजा शर्मालाई चेतावनी दिएकी छिन् ।

मंगलबार सामाजिक सञ्जालमा लेख्दै समीक्षाले अभिनेत्री पूजाले एक पोडकाष्टमा दिएको अन्तरवार्ताको भिडियो राख्दै फिल्म चलाउनकै लागि आफूलाई बारम्बार प्रहार नगर्न यस्तो चेतावनी दिएकी हुन्।


उनले भनेकी छन्- 

अदालत नै पोडकाष्टहरु हुन भने, न्यायधिस नै यी र यस्ता कलाकारहरु हुन भने उतिबेला यतैबाट फैसला गरिदिएको भएपनि हुन्थ्यो नि ! सत्य के हो ? कि उसलाई थाहा छ, कि मलाई थाहा छ कि त भगवानलाई थाहा छ । के सहि ? के गलत ? छुट्याउन नसक्ने उमेरमा पनि मैले त मायाको तराजुमा आफुलाई जोख्न तयार भएँ । र माफी दिएर सावित गरिदिएँ । त्यस यता सबै नर्मल नै चलिरहेका बेला आफै छोरी भएर उमेरले झन्डै १४ वर्ष कान्छी एउटी बहिनीलाई यसरी बारम्बार प्रहार गर्नु राम्रो हो र ? यसरी पनि सिनेमा चलाउन खोज्नु सहि हो र ? सानालाई माया र ठुलालाई सम्मान गर्ने संस्कार सिकेर आएकी हुँ । हिजो 'तिमि मेरो बहिनी' भनेर आउनुभयो, मैले दिदि भनें, माने । अहिले पनि मानेकी छु । मान्छु तर यसरी पिडा नदिनुस् प्लिज ।

अभिनेता पल शाहसँग एक पोडकाष्टमा एकसाथ गएकी अभिनेत्री पूजाले पललाई कानुनले नै निर्दोष साबित गरेको बताएकी थिइन् । उनले भनेकी थिइन्- 'भगवान छ सत्यको जित हुन्छ । कानुनले नै प्रुभ गरिसकेको कुरा हो । कानुनले बोलिसकेपछि सकियो के, यहाँ कसैले बोल्न जरुरत छैन । पललाई कसैले नाम ट्याग गर्न जरुरत छैन ।'

अभिनेता पल र पुजा नयाँ फिल्म ‘रावायण’ मा एकसाथ आउदै छन् । यस फिल्ममा अभिनेत्री पूजा निर्मात्री पनि हुन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार