2026-10-10 08:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

समीक्षाको स्टाटसपछि पूजाको टिप्पणी- फिल्म प्रदर्शनअगाडि शत्रु लागे

भदौ १८,  काठमाडौँ । गायिका समीक्षा अधिकारी र अभिनेत्री पूजा शर्माबीच आरोप प्रत्यारोप चलेको छ । समीक्षाले पूजाको एक अन्तर्वार्ताप्रति रोष प्रकट गर्दै स्टाटस लेखेपछि पूजाले पनि जवाफ फर्काएकी छन् ।

केही दिनअघि एउटा पोडकास्टमा पूजाले अभिनेता पल शाह र समीक्षा मुछिएको प्रकरणबारे टिप्पणी गरेकी थिइन् । अदाललले सफाइ दिइसककेको भन्दै उनले पलको बचाउ गरेको भिडिओ क्लीप शेयर गर्दै समीक्षाले आज कडा टिप्पणी गरेकी छन् ।

समीक्षाको स्टाटस यस्तो थियो

अदालत नै पोडकाष्टहरु हुन् भने न्यायाधीश नै यी र यस्ता कलाकारहरु हुन् भने उतिबेला यतैबाट फैसला गरिदिएको भएपनि हुन्थ्यो नि । सत्य के हो ? कि उसलाई थाहा छ, कि मलाई थाहा छ कि त भगवानलाई थाहा छ । के सहि ? के गलत ? छुट्याउन नसक्ने उमेरमा पनि मैले त मायाको तराजुमा आफूलाई जोख्न तयार भएँ । र माफी दिएर सावित गरिदिएँ ।

त्यस यता सबै नर्मल नै चलिरहेका बेला आफैँ छोरी भएर उमेरले झन्डै १४ वर्ष कान्छी एउटी बहिनीलाई यसरी बारम्बार प्रहार गर्नु राम्रो हो र ?

यसरी पनि सिनेमा चलाउन खोज्नु सही हो र ?

सानालाई माया र ठुलालाई सम्मान गर्ने संस्कार सिकेर आएकी हुँ । हिजो ‘तिमी मेरो बहिनी’ भनेर आउनुभयो, मैले दिदी भनें, मानेँ । अहिले पनि मानेकी छु । मान्छु तर यसरी पीडा नदिनुस् प्लिज । अदालत नै पोडकाष्टहरु हुन् भने न्यायाधीश नै यी र यस्ता कलाकारहरु हुन् भने उतिबेला यतैबाट फैसला गरिदिएको भएपनि हुन्थ्यो नि ।

सत्य के हो ? कि उस्लाई थाहा छ, कि मलाई थाहा छ कि त भगवानलाई थाहा छ ।

यो स्टाटसमा आपत्ति जनाउँदै पूजाले आफ्नो फिल्म रिलिज हुनुपूर्व सत्रु लागेको टिप्पणी गरेकी छन् । उनले स्टाटसमा आफ्ना साथीहरुले मात्रै कमेन्ट गर्न सक्ने बनाएकी छन् ।

पूजाले आफ्नो स्टाटासमा समीक्षाको नाम नलेखी गायिका बहिनी भनेर सम्बोधन गरेकी छन् । पूरा भिडिओ हेरेर मात्रै प्रतिक्रिया दिन उनको आग्रह छ । फिल्म आउनुभन्दा केही दिन अगाडि पहिले र अहिले पनि आफूलाई टार्गेट गरिएको र बाध्य भएर बोल्नु परेको पूजाले बताएकी छन् ।

हेर्नुस पुजाको स्टाटसः

‘आज गायिका बहिनीले मलाई जोडेर मेरो भिडिओ शेयर गरेर जुन नकारात्मक सन्देश दिन खोजेकी छन् त्यसमा मेरो गम्भीर आपत्ति छ ।

त्यो भिडिओ सबै हेरेर मात्र प्रतिक्रिया दिन अनुरोध गर्दछु ।

यो विषयमा म नबोलु भनेको र बोल्न आवश्यक पनि ठान्थिनँ तर यसरी मेरो मुभि आउनुभन्दा २/४ दिन अगाडि (पहिला पनि र अहिले पनि) मलाई टार्गेट गरिन्छ भने म पनि बाध्य भएर बोलेँ ।

भिडिओमा आएका मेरा सम्पूर्ण सामाग्रीहरू नितान्त प्रोफेशनल हुन् । यो बाहेक मेरा र ति बहिनीको पनि आफ्नो व्यक्तिगत जीवन होला ‘त्यसमा न म कहिले बोले र कहिले बोल्नेछु र सम्बन्धित सबैलाई पनि नबोल्न अनुरोध गर्दछु ।’

मुभि आउनु अगाडी शत्रुहरू त लाग्छन् नै ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने