२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

ज्वाइँ साब’ ट्रेलर सार्वजनिक: सम्पत्तिको लोभमा विवाह गर्दा हुने कठिनाइको कथा (भिडिओ)

२०८१, १७ आश्विन बिहीबार ११:१२

असोज १७, काठमाडौँ | बसन्त निरौलाद्वारा निर्देशित नयाँ नेपाली फिल्म 'ज्वाइँ साब' को ट्रेलर बिहीबार सार्वजनिक भएको छ। झण्डै तीन मिनेट लामो ट्रेलरले गोवर्द्धन पण्डित नामक अधवैंशे पात्रको कथा प्रस्तुत गर्दछ, जसको विवाह हुनसकेको छैन र योग्य वधुको खोजीमा छ।

ट्रेलरमा गोवर्द्धनले रेडियोमा श्रीमतीसहित सम्पत्ति जित्न सकिने प्रतियोगिताको बारेमा सुनेपछि भाग लिएको देखाइन्छ। अभिनेत्री नीति शाहले प्रतियोगिता सञ्चालन गरिरहेकी छन्, जसमा भाग लिनेहरुलाई विभिन्न चुनौतीपूर्ण टास्कहरू—डोको बोकेर दौडिनु, चिया बनाउनुपर्नु, लुगा धुनु, र अन्तर्वार्तामा पास हुनुपर्नेजस्ता कार्यहरू गराइएको छ।

गोवर्द्धन अन्ततः प्रतियोगितामा विजयी हुन्छ, तर सम्पत्तिको लोभमा गरिने विवाहले वैवाहिक संकट निम्त्याउने कथा ट्रेलरमा खुलाइएको छ। ट्रेलरको अन्त्यमा जितु (गोवर्द्धन) पासपोर्ट बोकेर विदेश जान विमानस्थलमा पुगेको देखाइन्छ, जहाँ नीति शाह पनि बच्चासहित आइपुग्छिन्।

फिल्मले सम्पत्तिको लोभमा गरिने विवाहका समस्याबारे सन्देश दिन खोजेको देखिन्छ। 'ज्वाइँ साब' रेड आइ फिल्म्सको ब्यानरमा निर्माण गरिएको हो, र यो फिल्म दशैंको फूलपातीको अवसरमा असोज २४ मा प्रदर्शनमा आउने तयारीमा छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा