2026-09-16 06:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

शाही हत्याका अभियुक्त १ महिना पछि कालिकोटमा पक्राउ

दलसिंह गिरी | कात्तिक २०, कालिकोट | हत्या अभियोग लागेको एक २४ बर्षिया युवकलाई प्रहरीले आज जिल्ला सदरमुकाम मान्ममा पक्राउ गरेको छ । वाँके जिल्ला कोहोलपुर नगरपालिका सुतैयाका स्थानीय युवा सुवास शाहीको हत्या गरी फरार भएका जुम्ला जिल्ला महतगाउ गाविस ४ निवासी २४ बर्षिया दिनेश महतलाई प्रहरीले पक्राउ गरेको हो । 

बाँके जिल्ला अदालतले फरार अभियुक्त महतलाई दोषी ठहर गर्दै पक्राउको लागि प्रहरीलाई आग्रह गरेको थियो । अदालतको आग्रह पछि फरार अभियुक्तलाई पक्राउ गर्न बाके, सुर्खेत कालिकोट, जुम्लामा रहेका प्रहरीलाई गस्तीमा खटाए अनुसार कालिकोटका इन्सेपेटर टेक बहादुर जोरा नेतृत्वको टोलिले सदरमुकाम मान्ममै पक्राउ गर्न सफल भएको हो ।

जुम्लाको महतगाउ स्थायी घर भई कोहोलपुर बस्दै आएका महतले गत असोज १७ गते वाँके कोहोलपुरका युवक शाहीलाई हत्या गरी फरार भएका थिए । शाहीको हत्या लगतै हत्या आरोपी महत नै भएको पुष्टि भईसकेको र हत्यारा महतको कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालय बाकेमा आजै पठाइएको प्रहरीले बताएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु