९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

युवा बिहिन पलाता क्षेत्रका गाँउबस्ती

२६ कार्तिक २०७३, शुक्रबार १०:३४


दलसिंह गिरी/कत्तिक २६, कालिकोट । जिल्ला सदरमुकाम मान्म देखि पश्चिम उत्तर तर्फ पर्ने खिन धौलागोह लगायतका पलाता क्षेत्रका अधिकांश मानिसहरु जिल्ला बाहिरीने क्रम ह्वातै बढेको छ । 

दशै तिहार चाड सकिए संगै हिउदे सिजन सुरु हुन थालेपछि गाउँखासै आम्दानीमुलक काम नहुने भन्दै पैसा कमाउन भारत लगायत नेपालको तराईक्षेत्रमा जाने क्रम ह्वात्तै बढेको हो । 

कामको शिलशिलामा जिल्ला बाहिरीनेमा अधिकांश १६ देखि ५५ बर्ष सम्मका पुरुष तथा महिला रहेका छन् । यसरी कामको शिलशिलामा अधिकांश मानिस जिल्ला बाहिरीन थालेपछि गाउघर सुनसान हुदै गएको खिन गाविसका स्थानीय अमराज बुढाले बताएका छन् । 

अधिकांश मानिस कामको शिलशिलामा तराई लगायत भारत तिर जान थालेपछि गाउमा बुढा बुढी र केटाकेटी बाहेक अन्य मानिसहरु भेटिन छोडेको उनले बताएका हुन् ।

यसरी गाउ नै खाली हुन थालेपछि विभिन्न संघसंस्था द्धारा गाउमा संचालित बिभिन्न उद्देश्यका कार्यक्रमहरु समेत प्रभावित हुने अवस्था शिर्जना भएको उनले बताएका छन् । यस्तै नेपाल सरकारले देशलाई संघिय संरचनामा लैजान हालै थालेको गाउपालिका र वडा पालिका छनौटका लागि घरदैलो सुझाव संकलन अभियान समेत प्रभावित हुने अवस्था देखिएको बुढाले बताएका छन् ।

यस्तै जिल्ला निर्वाचन कार्यालय कालिकोटले यहि मंसिरबाट थाल्ने फोटोसहितको मतदाता नामावली संकलन तथा अध्यावधी, त्रुति संच्याउने अभियान समेत प्रभावित हुने अवस्था देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो