2026-09-16 12:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

युवा बिहिन पलाता क्षेत्रका गाँउबस्ती


दलसिंह गिरी/कत्तिक २६, कालिकोट । जिल्ला सदरमुकाम मान्म देखि पश्चिम उत्तर तर्फ पर्ने खिन धौलागोह लगायतका पलाता क्षेत्रका अधिकांश मानिसहरु जिल्ला बाहिरीने क्रम ह्वातै बढेको छ । 

दशै तिहार चाड सकिए संगै हिउदे सिजन सुरु हुन थालेपछि गाउँखासै आम्दानीमुलक काम नहुने भन्दै पैसा कमाउन भारत लगायत नेपालको तराईक्षेत्रमा जाने क्रम ह्वात्तै बढेको हो । 

कामको शिलशिलामा जिल्ला बाहिरीनेमा अधिकांश १६ देखि ५५ बर्ष सम्मका पुरुष तथा महिला रहेका छन् । यसरी कामको शिलशिलामा अधिकांश मानिस जिल्ला बाहिरीन थालेपछि गाउघर सुनसान हुदै गएको खिन गाविसका स्थानीय अमराज बुढाले बताएका छन् । 

अधिकांश मानिस कामको शिलशिलामा तराई लगायत भारत तिर जान थालेपछि गाउमा बुढा बुढी र केटाकेटी बाहेक अन्य मानिसहरु भेटिन छोडेको उनले बताएका हुन् ।

यसरी गाउ नै खाली हुन थालेपछि विभिन्न संघसंस्था द्धारा गाउमा संचालित बिभिन्न उद्देश्यका कार्यक्रमहरु समेत प्रभावित हुने अवस्था शिर्जना भएको उनले बताएका छन् । यस्तै नेपाल सरकारले देशलाई संघिय संरचनामा लैजान हालै थालेको गाउपालिका र वडा पालिका छनौटका लागि घरदैलो सुझाव संकलन अभियान समेत प्रभावित हुने अवस्था देखिएको बुढाले बताएका छन् ।

यस्तै जिल्ला निर्वाचन कार्यालय कालिकोटले यहि मंसिरबाट थाल्ने फोटोसहितको मतदाता नामावली संकलन तथा अध्यावधी, त्रुति संच्याउने अभियान समेत प्रभावित हुने अवस्था देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल