दलसिंह गिरी/मंसिर ४, कालिकोट । जिल्ला सद"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/मंसिर ४, कालिकोट । जिल्ला सद"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

राचुलीमा बालमैत्री स्थानीय शासन कार्यान्वयन प्रक्रिया अन्तिम चरणमा

४ मंसिर २०७३, शनिबार १५:०३


दलसिंह गिरी/मंसिर ४, कालिकोट । जिल्ला सदरमुकाम मान्मदेखि उत्तर पूर्व तर्फ पर्ने राचुली गाविसमा बालमैत्री स्थानीय शासन कार्यान्वयन प्रक्रिया अन्तिम चरणमा पुगेको एक अनुगमन टोलीले जनाएको छ । 

गाविसमा रहेका बालबालिकाहरुको सम्पूर्ण आवश्यक अधिकार पुराभएको बालमैत्री गाविस घोषणा गर्न आवश्यक सूचकहरु पुराका लागि स्थानीय समुदाय, राजैतिकदल, शिक्षा, स्वास्थ्य, स्थानीय निकाय लगायतका सम्पूर्ण सरोकारवालाहरुले आआफ्नो क्षेत्रमा गरेका प्रयास तथा क्रियाकलापहरुको अनुगमन गर्न यहि मंसिर ३ गते सुक्रवार गएको अनुगमन टोलीले अनुगमन पश्चात यस्तो कुरा जनाएको हो ।

अनुगमनको क्रममा बालमैत्री स्थानीय शासन कार्यान्वयनका लागि आवश्यक सूचकहरु मध्य अधिकांश सूचकहरु पुरा भएको र केही बाकी सूचकहरु आउदो फागुन भित्र पुरा गरी चैत्र भित्र घोषणा गर्ने स्थानीय सम्पूर्ण सरोकारवालाहरुले लिखित प्रतिवद्धता सहितको निर्णय समेत गरेका छन् ।

हाल गाविसमा सेभ द चिल्ड्रेनको साझेदारी, बर्नेजिएनको आर्थिक सहयोग, किर्डाक नेपाल कालिकोट द्धारा संचालित सहयात्रा परियोजनाको पहलमा विगत डेढ बर्ष देखि बालमैत्री स्थानीय शासन कार्यान्वय प्रक्रिया अगाडी बढाई गाविसलाई बालविवाह मुक्त, अनिवार्य आधारभूत शिक्षा, पूर्ण साक्षर, पूर्ण खोप युक्त, पूर्ण जन्मदर्ता, विद्यालय शान्तिक्षेत्र घोषणा जस्ता अधिकांश सूचकहरु पुरा भैसकेकाले केही स्वास्थ्य र सरसफाई सम्बन्धिका सूचकहरु पुरागर्न आजकै मिति देखि अगाडी डटेर लाग्ने र यहि आउने चैत्र भित्र राचुलीलाई बालमैत्री स्थानीय शासन कार्यान्वयन भएको गाविस घोषणा गर्न प्रतिवद्ध रहेको सरोकारवालाहरुले बताएका छन् ।


गाविसको भौगालिक विकटताका कारण केही वडाका समुदायहरुलाई सूचक्षित प्रसुती, शुद्ध खानेपानी, पूर्ण सरसफाई जस्ता क्रियाकलाप पुरा गर्न सम्बन्धित निकायहरुसंग पैरवी गर्ने गाविसका सम्पूर्ण सरोकारवालाहरुले जनाएका छन् । 

जिल्ला विकास समिति कालिकोटका योजना अधिकृत पविता शाहीको नेतृत्वमा गएको जिविस, स्वास्थ्य, माहिला तथा बालबालिका लगायतका सरकारी कार्यालयका प्रतिनिधि, गाविस हकहित संरक्षण, राजनैतिकदल, पत्रकारहरुको संयुक्त अनुगमन टोलीले बालमैत्री स्थानीय शासन कार्यान्वयनका लागि आवश्यक सूचकहरुबारे गाविसको स्थलगत अनुगमन गरी अपुगभएका सूचकहरु पुरा गर्न आवश्यक सुझाव समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य